लागूऔषध कारोबारी एल च्यापो दोषी ठहर, जन्मकैद हुनसक्ने « Khabarhub

लागूऔषध कारोबारी एल च्यापो दोषी ठहर, जन्मकैद हुनसक्ने


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मेक्सिकोका कुख्यात लागूऔषध कारोबारी योयाकिम एल च्यापो गुजमन अमेरिकामा १० अभियोगमा दोषि ठहर भएका छन् । अमेरिकाको न्यूयोर्क शहरमा रहेको ब्रुकलिन अदालतले मेक्सिकोको सबैभन्दा शक्तिशाली लागूऔषध कार्टेल सिनाओलाका प्रमुख एल च्यापोलाई १० अभियोगमा दोषि ठहर गरेको हो ।

उनी कोकेन, हेरोइनको तस्करी, गैरकानूनी हतियार राखेको, हत्या, सम्पत्ति शुद्धिकरणलगायतका १० अभियोगमा दोषि ठहर भएका हुन् । उनले नेतृत्व गरेको सिनाओला कार्टेल मेक्सिकोबाट अमेरिकामा लागूऔषध तस्करी गर्ने सबैभन्दा शक्तिशाली लागूऔषध कार्टेल मानिन्छ ।

त्यसकारण उनी सन् २००९ मा फोब्र्स पत्रिकामा सबैभन्दा धनी मानिसहरुको सूचिमा ७ सय १ औं स्थानमा पनि अटाएका थिए । तत्काल सजाय नसुनाइएपनि उनलाई आजीवन कारावासको सजाय हुनसक्ने जनाइएको छ ।

उनी सन् २०१४ मा मेक्सिकोमा पक्राउ परेका थिए । त्यसको एक वर्ष नबित्दै उनी मेक्सिकोको सबैभन्दा सुरक्षित मानिने जेलबाट सुरुङ खनेर नाटकीय रुपमा भागेका थिए ।

त्यसपछि उनलाई मेक्सिकोमा सन् २०१६ मा पक्राउ गरिएको थियो भने सन् २०१७ मा उनलाई अमेरिकामा सुपुर्दगी गरिएको थियो ।

उनलाई अमेरिकामा हालसम्म कोही पनि भाग्न नसकेको कोलोराडो राज्यमा रहेको एडिएक्स नामक जेलमा राखिने जनाइएको छ । सन् १९९४ मा स्थापना भएको यो जेल अमेरिकाकै सबैभन्दा सुरक्षित तथा कठोर मानिन्छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ३ : ४५ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली