भन्सार छली गर्ने भारतीय नागरिकविरुद्ध ३६ करोडको मुद्दा दर्ता | Khabarhub Khabarhub

भन्सार छली गर्ने भारतीय नागरिकविरुद्ध ३६ करोडको मुद्दा दर्ता


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजश्व अनुसन्धान विभागले रुपन्देहीको भैरहवा नाकाबाट अवैध रुपमा चोरी पैठारी गर्ने एक भारतीय नागरिकविरुद्ध ३६ करोड बढी बिगो दावी गर्दै मुद्दा दर्ता गरेको छ ।

भारतीय नागरिक अमित कुमार सहनीले फर्म दर्ता गर्नु अगाडि नै भैरहवा नाकाबाट भन्सार चोरी पैठारी गरेको भन्दै विभागले बुधवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

सहनी चोरी पैठारी गरी ल्याइएका मालवस्तुहरु गैर कर विजय जारी गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर समेत छलेको विभागको दावी छ ।

सहनीले नेपालस्थित विभिन्न बैंकमा आफ्नो र अन्य व्यक्तिका नाममा खाता खोलेर भारतमा गएर एटीएममार्फत उक्त रकम झिक्ने गर्दथे ।

सहनीले आर्थिक वर्ष २०६७/०६८ देखि २०७५/७६ सम्म भन्सार छली गरेको विभागको अनुसन्धानबाट फेला परेको छ । विभागले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा बमोजिम सहनीविरुद्ध भन्सार महशुलतर्फ ९ करोड ६१ लाख २६ हजार २ सय ८, मूल्य अभिवृद्धि करतर्फ ३ करोड १३ लाख ९ हजार ६ सय ४७ र आयकरतर्फ २ करोड २० लाख ७९ लाख ७ सय ८२ रुपैयाँ गरी कूल १४ करोड ९५ लाख १५ हजार ६ सय ६६ रुपैयाँ बिगो कायम हुने दावी गरेको छ ।

विभागले सहानीविरुद्ध ऐनको दफा २३ को (१) बमोजिम हदैसम्मको जरिवानावापत २९ करोड ९० लाख ३१ हजार रुपैयाँ र कैद सजाय माग गरेको छ । साथै विदेशी विनिमय अपचलनतर्फ विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा (१७) को उपदफा (१) बमोजिम २ करोड ३ लाख ६७ हजार २ सय ६० रुपैयाँ जरिवाना र ३ गुणासम्म जरिवाना गरी थप ६ करोड ११ लाख १ हजार ७ सय ८० रुपैयाँ जरिवाना र कैद सजाय माग गरेको छ ।

विभागले सहानीविरुद्ध कूल ३६ करोड १ लाख ३३ हजार १ सय ८ रुपैयाँ जरिवाना र कैद सजाय माग दावी गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ३ : ५२ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित