५० लाख पुरस्कारको ‘नेपाल लोक स्टार’ को तयारी पूरा, अडिसन कहिले ? « Khabarhub

५० लाख पुरस्कारको ‘नेपाल लोक स्टार’ को तयारी पूरा, अडिसन कहिले ?


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्को वर्षदेखि प्रसारण गर्ने गरी शुरु हुन लागेको ‘नेपाल लोक स्टार’ को तयारी अन्तिम चरणमा पुगेको छ । संयोजक सहदेव कोइरालाले लोक स्टारका लागि पूरा तयारी भइसकेको जानकारी दिए ।

‘नेपाल आइडल’ तथा ‘द भ्वाइस अफ नेपाल’ जस्ता रियालिटी शो नेपालमा सफल भएपछि यस्तै खालका अन्य रियालिटी शो पनि आउने कार्यक्रम जारी छ । संयोजक पौडेलले नेपालमा लोक संगीतको इतिहासमा यति ठूलो रियालिटी शो पहिलोपटक हुन थालेको जानकारी दिए ।

‘लुकेर रहेका प्रतिभाले नेपाली लोकगीतमा मात्र गाउन पाउने गरी हामीले प्लेटफर्म दिन लागेका हौँ, तयारी लगभग पूरा भइसकेको छ’, संयोजक कोइरालाले भने, ‘लोकगीतलाई धेरैले बिर्सिन लाग्नुभयो भनेर पनि हामीले यस्तो कार्यक्रमको आयोजना गर्न लागेका हौँ ।’

तस्वीर – निर्माण टिम

यो कार्यक्रम झण्डै नेपाल आइडलको शैलीमा हुनेछ । कार्यक्रमको उत्पादन पनि सोही टिमले गर्ने भएको छ । असार १ गतेदेखि एपीवान टेलिभिजनबाट शुरु हुने यो कार्यक्रम असोज १४ गते फाइनल हुनेछ ।

पहिलो हुने लोक स्टारले रुपैयाँ ५० लाख नगद जित्नेछन् भने दोस्रो हुनेले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै प्रतिस्पर्धामा तेस्रो हुनेलाई १० लाख नगद दिने टिमले जनाएको छ ।

प्रतिस्पर्धाका लागि आयोजकले पहिलो चरणमा अडिसन लिनेछ । संयोजक कोइरालाका अनुसार धनगढी अडिसन फागुन १६ गते हुनेछ भने फागुन २२ गते सुर्खेतमा, फागुन २८ गते बुटवलमा, चैत्र ४ गते पोखरामा, त्यस्तै चैत्र २२ गते काठमाडौंमा र चैत्र ११ गते विराटनगरमा अडिसन हुनेछ ।

यो रियालिटी शो लाई चाहना मिडिया प्रालिले आयोजना गर्न लागेको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : २० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु