कृषि महोत्सवमा ४० लाखको कारोबार « Khabarhub

कृषि महोत्सवमा ४० लाखको कारोबार


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– कृषिलाई प्रविधिसँग र किसानलाई बजारसँग जोडेर समृद्धि हासिल गर्ने उद्देश्यसहित बुटवलमा आयोजित प्रादेशिकस्तरीय कृषि महोत्सव सम्पन्न भएको छ ।

प्रदेश सरकार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र बुटवल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा सम्पन्न सो महोत्सव ५० हजारले अवलोकन गरेका छन् ।

कृषिजन्य उत्पादन, प्रबिधि र बजारीकरणका बारेमा आम मानिसलाई जानकारी गराई कूल ग्राहस्थ उत्पादनमा अभिबृद्धि गर्ने उद्देश्यसमेत लिएको सो महोत्सवमा ८६ वटा स्टलहरु रहेका थिए ।

उपभोक्ता, किसान र ब्यापारीलाई एकै थलोमा भेला गराई कृषिको आधुनिकीकरण र व्यवसायीकरण गराई बजार प्रबद्र्धनमा समेत सघाउ पुराउने लक्षसहित संचालित सो महोत्सवमा सहभागीहरुले कृषिजन्य वस्तुको आयात घटाउने कार्यक्रम संचालन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ४ : १५ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण