प्रहरीका १२ एसपीको काज सरुवा, कञ्चनपुर प्रहरी प्रमुख पहरा गणमा « Khabarhub

प्रहरीका १२ एसपीको काज सरुवा, कञ्चनपुर प्रहरी प्रमुख पहरा गणमा


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १२ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ ।

प्रहरीको नयाँ काज सूची अनुसार, कंचनपुरमा निर्मला पन्त हत्या काण्ड कंचनपुर पठाइएका कुबेर कठाएतलाई सामाखुसीस्थित महानगरीय प्रहरी पहरा गणमा सरुवा गरिएको छ । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयले दिनेश आचार्यलाई खटाएकाे छ ।

त्यस्तै एसपी मुकेश कुमार सिंहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर, दिनेशराज मैनालीलाई झापा, गोपालचन्द्र भट्टराई सर्लाही र कृष्णहरी शर्मालाई बागलुङ प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी केदार ढकाल महानगरीय अपराध महाशाखा, भूपेन्द्र खत्री रौतहटमा, प्रहरी दीपक रेग्मी प्रशिक्षण प्रतिष्ठानमा र ध्रुवराज राउत दंगा नियन्त्रण गण हेटौंडामा काज सरुवा भएका छन् । त्यसैगरी एसपी योगबहादुर पाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया, दीपक खरेल एक नम्बर गण महाराजगन्जमा सरुवा भएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : २५ बजे

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको