नेपाल प्रहरीका १२ एसपीको काज सरुवा « Khabarhub

नेपाल प्रहरीका १२ एसपीको काज सरुवा


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १२ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ ।

प्रहरीको नयाँ काज सूची अनुसार, कञ्चनपुरमा पठाइएका कुबेर कठाएतलाई सामाखुशीस्थित पहरागणमा सरुवा गरिएको छ । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयले दिनेश आचार्यलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै एसपी मुकेश कुमार सिंहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर, दिनेशराज मैनालीलाई झापा, गोपालचन्द्र भट्टराई सर्लाही र कृष्णहरी शर्मालाई बागलुङ प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी केदार ढकाल महानगरीय अपराध महाशाखामा भूपेन्द्र खत्री रौतहटमा, दीपक रेग्मी प्रहरी प्रशिक्षण प्रतिष्ठानमा र ध्रुवराज राउत दंगा नियन्त्रण गण हेटौंडामा काज सरुवा भएका छन् ।

त्यसैगरी एसपी योगबहादुर पाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया, दीपक खरेल एक नम्बर गण महाराजगन्जमा सरुवा भएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : २६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने