सिप्यानले क्रिकेट खेलाडीलाई अवार्ड दिने « Khabarhub

सिप्यानले क्रिकेट खेलाडीलाई अवार्ड दिने


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) ले क्रिकेट खेलाडीलाई फागुन २१ गते एनसीसीएस—सिप्यान क्रिकेट अवार्ड २०१९ बाट सम्मानित गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि आयोजकले अवार्डको घोषणा गरेको हो ।

पहिलो पटक आयोजना हुन लागेको अर्वाड कार्यक्रमलाई नेशनल कलेज फर कम्प्युटर स्टडिज (एनसीसीएस) ले प्रायोजन गरेको छ । वर्ष क्रिकेट खेलाडी पुरुषतर्फ र वर्ष खेलाडी महिलातर्फ गरि दुई तथा वर्ष उदाउँदो क्रिकेट खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अर्वाड गरि ५ विधामा अर्वाड प्रदान गरिनेछ ।

पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीले नगद १ लाख ३२ हजार पुरस्कार राशी प्राप्त गर्नेछन् भने अन्य ४ वटै विधाका पुरस्कृत हुने खेलाडीले समान ६६ हजार प्राप्त गर्नेछन् ।

अर्वाडका लागि योग्य खेलाडी छनोटका लागि छुट्टै प्राविधिक टोली गठन गर्ने सिप्यानले जानकारी दिएको छ । सिप्यानका अध्यक्ष डा.मनिष राज पाण्डेले पहिलो पटक यो पुरस्कार आयोजना गरिएपनि यसले आउने वर्षहरुमा निरन्तरता पाउने बताएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : २६ बजे

दलित सहमहामन्त्रीमा प्रकाश विजय

काठमाडौं– नेपाली कांग्रेसको दलित सह महामन्त्रीमा प्रकाश रसाइली स्नेही विजयी

कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा

निर्मल पुर्जाको ‘पोर्टर हाउस’ परियोजनाले पायो अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पनामा हिमाली भरियाहरूको जीवन सहज

नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड

नारायणगढ– नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको

राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

भोजपुर– सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल तालिम प्रभावकारी