इरानमाथि नेपालको शानदार जीत, सावित्राले गरिन् दुई गोल | Khabarhub Khabarhub

इरानमाथि नेपालको शानदार जीत, सावित्राले गरिन् दुई गोल


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनिता बस्नेत र सावित्रा भण्डारीको गोलमा नेपाली महिला राष्ट्रिय टोलीले इरानी टोलीलाई पराजित गरेको छ । भारतमा जारी हिरो गोल्डकप महिला अन्तराष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले इरानलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

अनिता बस्नेतले खेलको ४१ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा नेपाल १—० गोलले अघि रहेको थियो ।

यसअघि भारतविरुद्ध २ गोल गरेकी सावित्रा भण्डारीले इरानविरुद्ध पनि दुई गोल गरिन् । उनले खेलको ५९र ८९ औं मिनेटमा गोल गर्दै टिमलाई जिताइन् ।

जीतसँगै नेपालले ६ अंक जोडेको छ । तर, पनि नेपालले पहिलो खेलमा हार बेहोरेकोले फाइनल प्रवेशका लागि आजै हुने भारत र म्यानमारको खेलमा भर पर्नु पर्ने भएको छ ।

इरान र नेपालमाथि जीत निकालेको म्यानमार ६ अंकसहित शीर्ष स्थानमा छ ।

भारतविरुद्ध म्यानमारले जीत निकाल्यो वा बराबरीसम्म रोकिएपनि नेपाल र म्यानमार फाइनलमा उपाधिका लागि भिड्नेछन् ।

तर, भारतले म्यानमारलाई पराजित गरेको खण्डमा गोलअन्तरका आधारमा नेपाल र भारतमध्ये एक टोली फाइनलमा पुग्नेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ६ : २८ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’