इरानमाथि नेपालको शानदार जीत, सावित्राले गरिन् दुई गोल « Khabarhub

इरानमाथि नेपालको शानदार जीत, सावित्राले गरिन् दुई गोल


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनिता बस्नेत र सावित्रा भण्डारीको गोलमा नेपाली महिला राष्ट्रिय टोलीले इरानी टोलीलाई पराजित गरेको छ । भारतमा जारी हिरो गोल्डकप महिला अन्तराष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले इरानलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

अनिता बस्नेतले खेलको ४१ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा नेपाल १—० गोलले अघि रहेको थियो ।

यसअघि भारतविरुद्ध २ गोल गरेकी सावित्रा भण्डारीले इरानविरुद्ध पनि दुई गोल गरिन् । उनले खेलको ५९र ८९ औं मिनेटमा गोल गर्दै टिमलाई जिताइन् ।

जीतसँगै नेपालले ६ अंक जोडेको छ । तर, पनि नेपालले पहिलो खेलमा हार बेहोरेकोले फाइनल प्रवेशका लागि आजै हुने भारत र म्यानमारको खेलमा भर पर्नु पर्ने भएको छ ।

इरान र नेपालमाथि जीत निकालेको म्यानमार ६ अंकसहित शीर्ष स्थानमा छ ।

भारतविरुद्ध म्यानमारले जीत निकाल्यो वा बराबरीसम्म रोकिएपनि नेपाल र म्यानमार फाइनलमा उपाधिका लागि भिड्नेछन् ।

तर, भारतले म्यानमारलाई पराजित गरेको खण्डमा गोलअन्तरका आधारमा नेपाल र भारतमध्ये एक टोली फाइनलमा पुग्नेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ६ : २८ बजे

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ