सप्तरीमा सेनाको स्वास्थ्य शिविर, १ दिनमा १२ सयलाई उपचार सेवा « Khabarhub

सप्तरीमा सेनाको स्वास्थ्य शिविर, १ दिनमा १२ सयलाई उपचार सेवा


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली सेनाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा सप्तरीको राजविराजमा वृहत निःशुल्क संयुक्त शल्यचिकित्सा घुम्ती शिविर सञ्चालन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले एक कार्यक्रमका बीच बुधवार शिविरको उद्घाटन गरे ।

शिविरमा प्रतिदिन १ हजार २ सय जनालाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ । फागुन ११ गतेसम्म चल्ने घुम्ती शिविरमा जटिल स्वास्थ्य समस्याका ६, मध्यमखाले समस्याका १५ र सामान्य २० गरी ४१ जनाको सर्जरी गरिने लक्ष्य लिइएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

शिविरमा ईएनटी, अर्थो, गाईनो, साईक्याट्री, सर्जरी र आँखाको उपचार गरिने छ । शिविरमा सहभागी हुने बिरामीले विहान ६ बजेदेखि ९ बजेसम्म नाम दर्ता गराउन पाउनेछन् । ओपीडी समय विहान ९ देखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ६ : ५३ बजे

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै