आज दिनभर पानी पर्ने, उच्च सतर्कता अपनाउन आग्रह | Khabarhub Khabarhub

आज दिनभर पानी पर्ने, उच्च सतर्कता अपनाउन आग्रह


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-लगातार परिरहेको पानी आज (शनिबार) पनि दिन भर जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू–भागका केहि स्थानहरुमा र पश्चिमी भेगको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक(दुई ठाउँहरुमा धेरै भारि वर्षा हुने सम्भावना छ। यसैगरी शनिबार राती देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका पहाडी भेगका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू–भागका एक-दुई स्थानमा भारि वर्षाको सम्भावना छ।

पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक/दुई ठाउँहरुमा धेरै भारि वर्षा हुने सम्भावना छ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी भूभाग नजिक अवस्थित छ।

यसको साथै मध्य र पूर्वी नेपाल नजिक एउटा न्यून चापीय क्षेत्र समेत रहेको छ। यि प्रणालिहरूका कारण आगामी २ दिन सम्म मनसुन अति सक्रिय रहने महाशाखाले उल्लेख गरेको छ। हाल देशभर लगातारको मनसुनी वर्षा जारी छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रमा केहि स्थानहरुमा र पश्चिमका एक-दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार पूर्व र मध्यका क्षेत्रका तराई र पहाडका एक/दुई ठाउँहरुमा धेरै भारि वर्षा हुने सम्भावना छ। यसको कारणले पूर्व र मध्य क्षेत्रका पहाडि भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।

साथै, देशभर बिशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण अवरोध आउने सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।

विभागले जारी गरेको मौसमी अवस्था
असार २८ गते (शनिबार)
दिउँसो: देशभर (Widespread) वर्षा जारी रहने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू-भागका केहि स्थानहरुमा र पश्चिमी भू-भागको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक-दुई ठाउँहरुमा धेरै भारि वर्षा (Very Heavy rainfall) हुने सम्भावना छ।

राति: देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना (Widespread Rain) छ। देशको पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा भारि वर्षाको (Heavy rainfall) सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक-दुई ठाउँहरुमा धेरै भारि वर्षा (Very Heavy rainfall) हुने सम्भावना छ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना छ।

असार २९ गते (आईतबार)

दिउँसो: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक – दुई स्थानहरूमा र पश्चिमी पहाडका एक – दुई स्थानमा धेरै भारि वर्षा ( Very Heavy rainfall) समेत हुने सम्भावना छ।

राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाडका एक – दुई स्थानहरूमा र पश्चिमी पहाडका एक – दुई स्थानमा धेरै भारि वर्षा ( Very Heavy rainfall) को सम्भावना छ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ६ : ५८ बजे

देशभरका ७५३ स्थानीय तहले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– देशभरका ७५३ स्थानीय तहले मङ्गलबार आगामी आर्थिक वर्ष २०८२–०८३

यू-१६ टिमका शुभम खनालले लिए पाँच विकेट : जापान नेपालसँग ८० रनमा समेटियो

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

काठमाडौं– सत्तारुढ दलहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास

क्लब विश्वकप : विपक्षीको पोस्टमा ६ गोल गर्दै सिटी दोस्रो चरणमा

काठमाडौं – अल एयनलाई ६-० ले हराउँदै म्यानचेस्टर सिटी फिफा

एसीसी यु–१६ इस्ट जोन क्रिकेट : जापानले ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा