आज दिनभर पानी पर्ने, उच्च सतर्कता अपनाउन आग्रह « Khabarhub

आज दिनभर पानी पर्ने, उच्च सतर्कता अपनाउन आग्रह


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-लगातार परिरहेको पानी आज (शनिबार) पनि दिन भर जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू–भागका केहि स्थानहरुमा र पश्चिमी भेगको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक(दुई ठाउँहरुमा धेरै भारि वर्षा हुने सम्भावना छ। यसैगरी शनिबार राती देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका पहाडी भेगका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू–भागका एक-दुई स्थानमा भारि वर्षाको सम्भावना छ।

पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक/दुई ठाउँहरुमा धेरै भारि वर्षा हुने सम्भावना छ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी भूभाग नजिक अवस्थित छ।

यसको साथै मध्य र पूर्वी नेपाल नजिक एउटा न्यून चापीय क्षेत्र समेत रहेको छ। यि प्रणालिहरूका कारण आगामी २ दिन सम्म मनसुन अति सक्रिय रहने महाशाखाले उल्लेख गरेको छ। हाल देशभर लगातारको मनसुनी वर्षा जारी छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रमा केहि स्थानहरुमा र पश्चिमका एक-दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार पूर्व र मध्यका क्षेत्रका तराई र पहाडका एक/दुई ठाउँहरुमा धेरै भारि वर्षा हुने सम्भावना छ। यसको कारणले पूर्व र मध्य क्षेत्रका पहाडि भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।

साथै, देशभर बिशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण अवरोध आउने सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।

विभागले जारी गरेको मौसमी अवस्था
असार २८ गते (शनिबार)
दिउँसो: देशभर (Widespread) वर्षा जारी रहने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू-भागका केहि स्थानहरुमा र पश्चिमी भू-भागको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक-दुई ठाउँहरुमा धेरै भारि वर्षा (Very Heavy rainfall) हुने सम्भावना छ।

राति: देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना (Widespread Rain) छ। देशको पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा भारि वर्षाको (Heavy rainfall) सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक-दुई ठाउँहरुमा धेरै भारि वर्षा (Very Heavy rainfall) हुने सम्भावना छ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना छ।

असार २९ गते (आईतबार)

दिउँसो: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक – दुई स्थानहरूमा र पश्चिमी पहाडका एक – दुई स्थानमा धेरै भारि वर्षा ( Very Heavy rainfall) समेत हुने सम्भावना छ।

राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाडका एक – दुई स्थानहरूमा र पश्चिमी पहाडका एक – दुई स्थानमा धेरै भारि वर्षा ( Very Heavy rainfall) को सम्भावना छ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ६ : ५८ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री