कमाएर मात्र हैन वचत गरेर धनी बनिन्छ, पढ्नुहोस् वचत गर्ने उपाय « Khabarhub

कमाएर मात्र हैन वचत गरेर धनी बनिन्छ, पढ्नुहोस् वचत गर्ने उपाय


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

सबै मानिसको सोच शक्तिशाली बन्ने हुन्छ । तर विभिन्न कारणले उनीहरु शक्तिमा पुग्न सक्दैनन् । शक्तिमा पुर्‍याउने सबैभन्दा ठूलो भर्‍याङ भनेको पैसा हो । पैसा कमाउन मात्र होइन वचत गर्न जानियो भने मात्र मानिस धनी बन्छ । सँगसँगै शक्तिशाली पनि ।

कुनैपनि व्यक्ति कमाएर होइन, बचत गरेर धनी हुन्छ । किनभने जति कमायो उति खर्च गर्ने मानिस कहिल्यै पनि धनी हुन सक्दैन । तर, आफ्नो कमाईबाट बचत गर्दै थप लगानी गर्दै अघि बढ्ने मान्छे अवश्य धनी हुन्छ ।

धनी बन्न त्यति सजिलो छैन । मान्छे न कमाएर मात्रै धनी हुन्छ, न त बचत गरेर मात्रै । प्रत्येक समय उपयुक्त निर्णय गर्दै पैसाको सदुपयोग गर्न सक्ने मान्छे मात्रै धनी हुन्छ । यस्तो गर्नसक्ने क्षमता एकदमै कमसँग मात्रै हुन्छ ।

अर्थशास्त्री स्टुअर्ट रदरफोर्डले भनेका छन्–बचत धनी मानिसले मात्र गर्ने कुरा होइन बरु यो गरीबहरुको साथी हो । आफ्नो कमाइबाट नियमितरुपमा बचत गर्न सक्ने हो भने गरिब मानिस पनि धनी बन्न सक्छ । तर, २ र ४ हजार वचत गरेर के नै हुन्छ र भन्ने मानिस जुन अवस्थामा छ, त्यहाँभन्दा माथि उठ्न निकै कठिन हुन्छ ।

आजको स-सानो बचतले भोलि तपाईलाई ठुल्ठुला आर्थिक भारबाट जोगाउन सक्छ । त्यसैले आफ्नो कमाइबाट बचत गर्नुहोस् । तपाईं जति कमाउनुहुन्छ पहिला त्यसको हिसाब गर्नुस् र, आफ्नो आम्दानीबाट कति रुपैयाँ बचत गर्ने ? त्यो यकिन गर्नुहोस् । म यति रुपैयाँचाहीँ बचाउँछु भनेर तपाई लाग्नुभयो भने मात्रै तपाईंले फजुल खर्च कटौति गर्न सक्नुहुन्छ ।

एकदिन, एक महिना वा एक वर्ष मात्रै बचत गरेर पनि हुँदैन । तपाईंले सँधैका लागि बचत गर्ने बानीको विकास गर्नुपर्छ । एक वर्षसम्म दैनिक १० रुपैयाँ मात्रै जम्मा गर्ने हो भने एक वर्षमा करिव ३,६५० रुपैयाँ हुँन्छ । तपाईं सिगरेट पिउनुहुन्छ भने दिनको एउटा सिगरेट कम गर्नुहोस् । र, त्यो पैसा बचत गर्नुहोस् ।

अनि यसरी बचत गरेको पैसा बैंक, वित्तीय संस्था वा सहकारी संस्थाहरुमा राख्नुहोस् । यी संस्थाहरुले ब्याज दिन्छन् । र, तपाईको पैसाको सुरक्षा पनि राम्रो हुन्छ ।

बैंकको ब्याजले मात्रै पनि पुग्दैन । त्यसैले यसरी बचत गरेको पैसाले बीमा गर्नुहोस् । बीमा गर्नुभयो भने तपाईंले आफ्नो लाखौंको जोखिम न्यूनिकरण गर्न सक्नुहुन्छ । बीमा गर्नका लागि खर्च गरिएको रकम पनि बचत नै हो ।

खर्च गर्नुअघि १० पटक सोच्नुहोस् कि यो मेरो आवश्यकता हो कि होइन भनेर । यदि तपाईंको आवश्यकता होइन भने खर्च गर्नतिर नलाग्नुहोस् ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ८ : ३६ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका