कप्तान खड्काको विष्फोटक ब्याटिङमा नेपाल विजयी « Khabarhub

कप्तान खड्काको विष्फोटक ब्याटिङमा नेपाल विजयी


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –कप्तान पारस खड्काको विष्फोटक ब्याटिङ प्रेरित नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । मलेसियाको किनरारा ओभलमा भएको खेलमा नेपालले मलेसियाले दिएको १सय२९ रनको लक्ष्य पछ्याएको नेपालले १८.३ ओभरमा ३ विकेट गुमाएर १सय२९ बनाएर लक्ष्य पुरा गर्यो ।

मलेसियासँगको पहिलो टि–२० शृङ्खलाको पहिलो खेलमा जीत दिलाउन कप्तानले कप्तनी इनिङ्स खेल्दै अविजित रहेका उनले ८६ रन बनाए । उनले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरेका थिए ।

नेपालका लागि शरद भेषावकरले १६ रन बनाए भने अन्यले राम्रो रन जोड्न सकेनन् । नेपालविरुद्ध मलेसियाका अनवर रहमानले २ विकेट लिए भने फित्री शामले एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको मलेसियाका लागि २सय२८ रन बनाउने क्रममा भिरेन्दीप सिंहले ५२ रन बनाउँदा कप्तान अहमद फिआजले ४५ रन बनाएका थिए ।

यस्तै, मलेसियाविरुद्ध नेपालका करण केसीले ३ विकेट लिँदा सन्दीप लामिछाने र वसन्त रेग्मीले समान २–२ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका थिए ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १० : ४४ बजे

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४