कप्तान खड्काको विष्फोटक ब्याटिङमा नेपाल विजयी | Khabarhub Khabarhub

कप्तान खड्काको विष्फोटक ब्याटिङमा नेपाल विजयी


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –कप्तान पारस खड्काको विष्फोटक ब्याटिङ प्रेरित नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । मलेसियाको किनरारा ओभलमा भएको खेलमा नेपालले मलेसियाले दिएको १सय२९ रनको लक्ष्य पछ्याएको नेपालले १८.३ ओभरमा ३ विकेट गुमाएर १सय२९ बनाएर लक्ष्य पुरा गर्यो ।

मलेसियासँगको पहिलो टि–२० शृङ्खलाको पहिलो खेलमा जीत दिलाउन कप्तानले कप्तनी इनिङ्स खेल्दै अविजित रहेका उनले ८६ रन बनाए । उनले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरेका थिए ।

नेपालका लागि शरद भेषावकरले १६ रन बनाए भने अन्यले राम्रो रन जोड्न सकेनन् । नेपालविरुद्ध मलेसियाका अनवर रहमानले २ विकेट लिए भने फित्री शामले एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको मलेसियाका लागि २सय२८ रन बनाउने क्रममा भिरेन्दीप सिंहले ५२ रन बनाउँदा कप्तान अहमद फिआजले ४५ रन बनाएका थिए ।

यस्तै, मलेसियाविरुद्ध नेपालका करण केसीले ३ विकेट लिँदा सन्दीप लामिछाने र वसन्त रेग्मीले समान २–२ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका थिए ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १० : ४४ बजे

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी