बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुग्यो, १२ जना बेपत्ता « Khabarhub

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुग्यो, १२ जना बेपत्ता


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातारको वर्षाले मुलुकका विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परी अहिलेसम्म २५ जनाको ज्यान गएको छ । बाढी र पहिरोमा परी १२ जना बेपत्ता भएको गृहमन्त्रालय जनाएको छ ।

ललितपुरमा ४ जनाको मृत्यु भएको छ भने काठमाडौं र खोटाङमा ३–३ जनाको ज्यान गएको छ । यस्तै, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर र भोजपुरमा २–२ जनाको मृत्यु भएको छ । यसैगरी, झापा, इलाम, ओखलढुंगा, बारा, पर्खा, रामेछाप र धादिङमा १–१ जनाको मृत्यु भएको गृहले जानकारी दिएको छ ।

बाढीपहिरोमा परी सिन्धुलीमा ३ जना बेपत्ता भएका छन् भने मोरङ, सुनसरी, पाँचथर, महोत्तरी, रौतहट, ललितपुर, काठमाडौं, मकवानपुर र धादिङमा १–१ जना बेपत्ता भएका छन् ।

आज बिहान १० बजेसम्म मुलुकभर २१ जना घाइते भएका छन् । बाढीपहिरोका कारण ४३५ घर परिवार विस्थापित भएका छन् । यस्तै १६५ जनालाई उद्धार गरिएको गृहले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १२ : ४२ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक