बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुग्यो, १२ जना बेपत्ता « Khabarhub

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुग्यो, १२ जना बेपत्ता


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातारको वर्षाले मुलुकका विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परी अहिलेसम्म २५ जनाको ज्यान गएको छ । बाढी र पहिरोमा परी १२ जना बेपत्ता भएको गृहमन्त्रालय जनाएको छ ।

ललितपुरमा ४ जनाको मृत्यु भएको छ भने काठमाडौं र खोटाङमा ३–३ जनाको ज्यान गएको छ । यस्तै, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर र भोजपुरमा २–२ जनाको मृत्यु भएको छ । यसैगरी, झापा, इलाम, ओखलढुंगा, बारा, पर्खा, रामेछाप र धादिङमा १–१ जनाको मृत्यु भएको गृहले जानकारी दिएको छ ।

बाढीपहिरोमा परी सिन्धुलीमा ३ जना बेपत्ता भएका छन् भने मोरङ, सुनसरी, पाँचथर, महोत्तरी, रौतहट, ललितपुर, काठमाडौं, मकवानपुर र धादिङमा १–१ जना बेपत्ता भएका छन् ।

आज बिहान १० बजेसम्म मुलुकभर २१ जना घाइते भएका छन् । बाढीपहिरोका कारण ४३५ घर परिवार विस्थापित भएका छन् । यस्तै १६५ जनालाई उद्धार गरिएको गृहले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १२ : ४२ बजे

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

एजेन्सी– यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष