बाढी वस्ती पसेपछि झापामा २०२ घर डुबे « Khabarhub

बाढी वस्ती पसेपछि झापामा २०२ घर डुबे


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड- तीन दिनयता आएको अबिरल वर्षाका कारण झापाका विभिन्न स्थान जलमग्न बनेका छन् । वर्षाका कारण सयौँ घर डुबानमा परेका छन् भने केही विस्थापित समेत बनेका छन् ।

खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । झापा गाउँपालिका–१ को मिलनबस्तीमा कनकाई नदीको बाढी बस्तीमा पस्दा ७८ घरधुरी प्रभावित भएका छन् ।

घरमा पानी पस्दा स्थानीयवासीको दैनिकी कष्टकर बनेका छ । कनकाई नगरपालिका–६ स्थित विजनी खोल्साको पानी भरिएर बाँसको बाँध फुटाएर नजिकैको शिवाकोटी गाउँ, मन्सापुर, चम्पापुरका ११० घरधुरीमा पानी पसेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

यस्तै, गौरीगञ्ज गाउँपालिका–१ को कुञ्जीबारी पूर्वको सन्थालबस्ती कनकाईको बाढीले डुवानमा र कोरोबारी आपगाछीका नौ घरपरिवार विस्थापित भएर आफन्तकोमा आश्रय लिएर बसेको रेडक्रसका सभापति लोकराज ढकालले बताए । मेचीनगर–१४ दुहागडीका ४१ वर्षीय सुफल हस्दा खोलाले बगाएर बेपत्ता छन् । शारीरिक रुपमा अपाङ्गता भएका उनलाई फुलवासा खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएको हो । मेचीनगर–५ मा मेची नदीमा आएको बाढी बस्तीमा पस्दा १२५ घरधुरी प्रभावित भएका छन् ।

शिवसताक्षी–३ मा ताराबारीमा कनकाई नदीमा आएको बाढी पस्दा १४ घरपरिवार डुबान भएको रेडक्रसले जनाएको छ । कनकाई, बिरीङ, मावा, टाङ्टिङ, कमल, बनियानीलगायतका नदी तथा खोलामा भने पानीको बहाव घट्दै गएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १ : ४२ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता