सप्तरीको महनौरी गाउँका २० घर बाढीले बगायो, एक हजार घर डुबानमा « Khabarhub

सप्तरीको महनौरी गाउँका २० घर बाढीले बगायो, एक हजार घर डुबानमा


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी । स्थानीय बिहुल नदीमा आएको बाढीले सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित महनौरी गाउँका २० वटा घर बगाएको छ । घर बगाएपछि स्थानीय अर्काको घरमा आश्रय लिन बाध्य भएका छन् ।

हनुमाननगर-कंकालनी नगरपालिका वडा नम्बर १३ गोबरगाढाका हरेक घरमा पानी पसेको छ । यहाँका करिब ५ सय परिवारको घरमा पानी पस्दा सर्वसाधारण कष्टपूर्ण जीवन धान्न बाध्य भएका छन् ।

यही नगरपालिकाको वडा नम्बर १४ रम्पुरा मल्हनियाँको हरेक घरमा पानी पस्दा सर्वसाधारण पीडित बनेका छन् ।

यसैबीच वर्षाका कारण जिल्लाको तिलाठी प्रहरी चौकीबाट प्रहरीहरु विस्थापित भएका छन् । यहाँका प्रहरी सुरक्षित ठाउँमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खाँडो नदीमा आएको बाढीले तिलाठी प्रहरी चौकी र भन्सार कार्यालयसमेत डुबानमा परेको छ ।

खाँडो खोलाको बाँध बिभिन्न ठाउँमा भत्किँदा तिलाठी-कोइलाडी गाउँपालिकाका अधिकांश वडामा पानी पसेको छ । खाँडो खोलाको बाढीले गाउँपालिकाको वडा नम्बर १ तिलाठीका करिब ४ सय परिवारको घर डुबानमा परेको छ । यो गाउँपालिकाको सकधरपुरा र बेल्ही गाउँमा पनि खाँडो नदीको बाढी पस्दा घरहरु डुबानमा परेका छन् ।

पानीको निकास नहुँदा सदरमुकाम राजविराज नगरपालिकाका घरमा समेत पानी पसेको छ । वडा नम्बर २ का अधिकांस व्यक्तिको घर जलमग्न छन् । मुख्य सडकहरु पानीले भरिएका छन् ।

खड्ग र पाँचु खोलामा आएको बाढीले डाक्नेश्वरी नगरपालिकाका अधिकांस ठाउँ डुबानमा परेका छन् । यो नगरपालिकाको प्रमुख बजार पातो पूर्ण रुपले जलमग्न छ भने औरही, तरही, भुतहीसहितका गाउँका घर पनि डुबानमा परेका छन् ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १ : ५४ बजे

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

एजेन्सी– यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष