देशभर कहाँ–कहाँ कति क्षति ? « Khabarhub

देशभर कहाँ–कहाँ कति क्षति ?


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण ठूलो क्षति पुगेको छ । बाढी बस्तीमा पस्दा हजारौँ घर डुबानमा पर्नुका साथै भौतिक क्षति भएको छ । झापाको कन्काईमा ११०, बिर्तामोडमा २६, शिवसतासीमा १२ र कमलमा १६ घरमा पानी पसेको छ । झापामा १६४ घर डुब्दा लाखौँको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, मोरङको विराटनगरमा ८५, बुढीगंगामा १३ रतुवामाईमा १०, सुन्दरहरैचामा २ घर डुबेका छन् । मोरङका अन्य केही स्थानमा पनि डुबान भएको छ ।

उता ओलढुंगामा ३ दिनदेखि विद्युत अवरुद्ध हुँदा सञ्चार सम्पर्क टुटेको छ । प्रहरीसमेत सञ्चार विच्छेदको अवस्थामा पुगेको जनाइएको छ ।
यता, सप्तरीको सप्तकोशीमा २५ घरमा पानी पसेको छ । यसैगरी, मौली पुलमाथि पानी बग्दा सडक अवरुद्ध भएको छ भने खडक च्यापिन पुल दक्षिणपट्टि भाँसिएको छ । हनुमान नगर, सप्तकोशी, डाक्नेश्वरी छिन्नमस्ता रुपनीलगायतका क्षेत्रमा १२० घर बाढीमा डुबेका छन् ।

धनुषामा कमला नदीको बाँध जनकनन्दनीमा फट्दा १५० घर डुबानमा परेका छन् । उक्त क्षेत्रका स्थानीयबासीलाई सुरक्षित स्थानमा सारिएको छ ।
यस्तै, महोत्तरी जिल्लाको पुरै होचो भाग डुबानमा परेको छ । प्रहरी कार्यालय र कारागारमा पनि बाढी पसेपछि समस्या भएको छ ।

सर्लाहीमा २५ सय घर डुबानको चपेटामा परेका छन् । मलंगवालगायत जिल्लाका अधिकांश होचा भाग डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला विगत २५ वर्ष यताकै ठूलो बाढी आएको बताइएको छ । बाढीका कारण विद्युत आपुर्ति पनि बन्द भएको छ ।

यसैगरी, रौतहट जिल्लाको लाल बकैया नदीमा बाढी आउँदा ठूलो क्षति भएको छ । राजपुरामा ३०, राजदेवीमा ८०, दुर्गा भगवतिमा ७, ईशनाथमा २५ घरमा पानी पसेको छ । यस्तै, बाराको जितपुरसिमरामा ८५ र फेटामा १३० घरमा बाढी पसेको छ ।

सिन्धुलीको हरिहरपुरगढीमा ४ घरमा पानी पसेको छ । ललितपुर जिल्लाको दक्षिणी क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको छ । चिवतनको रत्ननगरमा २० र राप्तिमा २० घरमा पानी पसेको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ३ : ३४ बजे

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्