देशभर कहाँ–कहाँ कति क्षति ? « Khabarhub

देशभर कहाँ–कहाँ कति क्षति ?


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण ठूलो क्षति पुगेको छ । बाढी बस्तीमा पस्दा हजारौँ घर डुबानमा पर्नुका साथै भौतिक क्षति भएको छ । झापाको कन्काईमा ११०, बिर्तामोडमा २६, शिवसतासीमा १२ र कमलमा १६ घरमा पानी पसेको छ । झापामा १६४ घर डुब्दा लाखौँको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, मोरङको विराटनगरमा ८५, बुढीगंगामा १३ रतुवामाईमा १०, सुन्दरहरैचामा २ घर डुबेका छन् । मोरङका अन्य केही स्थानमा पनि डुबान भएको छ ।

उता ओलढुंगामा ३ दिनदेखि विद्युत अवरुद्ध हुँदा सञ्चार सम्पर्क टुटेको छ । प्रहरीसमेत सञ्चार विच्छेदको अवस्थामा पुगेको जनाइएको छ ।
यता, सप्तरीको सप्तकोशीमा २५ घरमा पानी पसेको छ । यसैगरी, मौली पुलमाथि पानी बग्दा सडक अवरुद्ध भएको छ भने खडक च्यापिन पुल दक्षिणपट्टि भाँसिएको छ । हनुमान नगर, सप्तकोशी, डाक्नेश्वरी छिन्नमस्ता रुपनीलगायतका क्षेत्रमा १२० घर बाढीमा डुबेका छन् ।

धनुषामा कमला नदीको बाँध जनकनन्दनीमा फट्दा १५० घर डुबानमा परेका छन् । उक्त क्षेत्रका स्थानीयबासीलाई सुरक्षित स्थानमा सारिएको छ ।
यस्तै, महोत्तरी जिल्लाको पुरै होचो भाग डुबानमा परेको छ । प्रहरी कार्यालय र कारागारमा पनि बाढी पसेपछि समस्या भएको छ ।

सर्लाहीमा २५ सय घर डुबानको चपेटामा परेका छन् । मलंगवालगायत जिल्लाका अधिकांश होचा भाग डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला विगत २५ वर्ष यताकै ठूलो बाढी आएको बताइएको छ । बाढीका कारण विद्युत आपुर्ति पनि बन्द भएको छ ।

यसैगरी, रौतहट जिल्लाको लाल बकैया नदीमा बाढी आउँदा ठूलो क्षति भएको छ । राजपुरामा ३०, राजदेवीमा ८०, दुर्गा भगवतिमा ७, ईशनाथमा २५ घरमा पानी पसेको छ । यस्तै, बाराको जितपुरसिमरामा ८५ र फेटामा १३० घरमा बाढी पसेको छ ।

सिन्धुलीको हरिहरपुरगढीमा ४ घरमा पानी पसेको छ । ललितपुर जिल्लाको दक्षिणी क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको छ । चिवतनको रत्ननगरमा २० र राप्तिमा २० घरमा पानी पसेको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ३ : ३४ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका