कमला नदीमा फसेका ९ जनाको उद्धार | Khabarhub Khabarhub

कमला नदीमा फसेका ९ जनाको उद्धार


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिवास- बाढीका कारण कमला नदीमा फसेका ९ जनाको सकुशल उद्धार गरिएको छ । शसस्त्र प्रहरीको महोत्तरी-२ नम्बर बाहिनीबाट परिचालित क्षेत्रिय विपद् व्यवस्थापन टिमले आज धनुषाको शहिद नगरपालिका बत्राईमा फसेका ९ जनालाई सकुशल उद्धार गरेको हो ।

टोलीले शहिद नगरपालिका बत्राईस्थित कमला खोलाको बगरमा झुप्रा घरमा फसेका ५ जना र कमलामाई नगरपालिका-७, हसमुढा सखलास्थित कमला नदी बीचमा फसेका ४ जना गरी ९ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।

शसस्त्र प्रहरीको टोलीले महोत्तरी बर्दिबास नगरपालिका-१ बजार क्षेत्रस्थित पूर्व पश्चिम राजमार्ग सडकखण्डमा बाढीले कटान गरेकोमा पानीलाई पूर्ववत फर्काई कटान नियन्त्रण पनि गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ५ : १२ बजे

५२ संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ