कमला नदीमा फसेका ९ जनाको उद्धार « Khabarhub

कमला नदीमा फसेका ९ जनाको उद्धार


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिवास- बाढीका कारण कमला नदीमा फसेका ९ जनाको सकुशल उद्धार गरिएको छ । शसस्त्र प्रहरीको महोत्तरी-२ नम्बर बाहिनीबाट परिचालित क्षेत्रिय विपद् व्यवस्थापन टिमले आज धनुषाको शहिद नगरपालिका बत्राईमा फसेका ९ जनालाई सकुशल उद्धार गरेको हो ।

टोलीले शहिद नगरपालिका बत्राईस्थित कमला खोलाको बगरमा झुप्रा घरमा फसेका ५ जना र कमलामाई नगरपालिका-७, हसमुढा सखलास्थित कमला नदी बीचमा फसेका ४ जना गरी ९ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।

शसस्त्र प्रहरीको टोलीले महोत्तरी बर्दिबास नगरपालिका-१ बजार क्षेत्रस्थित पूर्व पश्चिम राजमार्ग सडकखण्डमा बाढीले कटान गरेकोमा पानीलाई पूर्ववत फर्काई कटान नियन्त्रण पनि गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ५ : १२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह