भानुजयन्तीमा भानुभक्तको योगदानको गरियो स्मरण « Khabarhub

भानुजयन्तीमा भानुभक्तको योगदानको गरियो स्मरण


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा-आदिकवि भानुभक्त आचार्यको शनिबार देशभर विभिन्न साहित्यीक कार्यक्रम गरी २०६औँ भानुजयन्ती मनाइएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा पोखरामा भानुजयन्ती विशेष कार्यक्रममा आदिकवि भानुभक्तको योगदानको स्मरण गरियो ।

कार्यक्रममा नेपाली भाषा र साहित्यको विकासमा भानुभक्तको उल्लेखनीय योगदान रहेको वक्ताहरूको भनाइ थियो । समाजका अध्यक्ष डा नारायणप्रसाद अधिकारीले नेपाली वाङ्मयको जरो भानुभक्तलाई सम्झेर पृथ्वीनारायण क्याम्पसको भानुपार्कबाट वाङ्मयिक यात्रा शुरु गरेको संस्थाले पहिलो कार्यक्रम पनि भानुजयन्ती विशेष राखेको जानकारी दिए ।

प्राज्ञ रमेश श्रेष्ठले आदिकवि कहिल्यै नअस्ताउने सूर्य भएका कारण उनको योगदान अतुलनीय भएको धारणा राखे । प्राध्यापक डा. रविलाल अधिकारीले माक्र्सवादीहरूले भानुभक्त आचार्यलाई हेर्ने दृष्टिकोणमा हाल उल्लेख्य रूपमा परिवर्तन आएको स्मरण गरे ।

प्राध्यापक डा. विष्णुप्रसाद पौडेलले भानुको सम्झनामा हुने कार्यक्रम औपचारिकताका लागि श्राद्ध गरेजस्तो गर्नुभन्दा सिर्जनात्मक रुपमा आयोजना गर्न आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा प्राडा लेखनाथ अधिकारी, प्राडा कुसुमाकर न्यौपाने, डा यमनाथ तिमिल्सिना, डा जगन्नाथ रेग्मी, संस्थाका सचिव मदन भण्डारी, कोषाध्यक्ष असफल गौतमलगायतले भानुभक्त र नेपाली वाङ्मयका विविध पक्षबारे धारणा राखेका थिए ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ५ : ३२ बजे

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन