नेपालमा कोसी नदीको ढोका खोल्दा यसरी डुब्यो भारतको विहार (फोटो फिचर) | Khabarhub Khabarhub

नेपालमा कोसी नदीको ढोका खोल्दा यसरी डुब्यो भारतको विहार (फोटो फिचर)


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोसी व्यारेजको ढोका खेलेसँगै भारतको विहार डुवानमा परेको छ ।

अविरल वर्षासँगै बाढी आएर नेपाल तर्फ डुबान भएपछि कोसी व्यारेजका ५६ मध्ये ३६ वटा ढोका खोलिएको छ । ढोका खोलिएसँगै नेपालसँग सीमा जोडिएको भारत विहारको अररिया जिल्ला डुबेको छ ।

हालसम्म कोशी ब्यारेजमा पानीको सतह ३ लखा क्युसेक नाघिसकेको र ब्यारेजका ५६ मध्ये ३६ ढोका खोलिएकाले छिमेकी अररिया डुबानमा परेको हो ।

कोशी नदी वस्ती पसेपछि अररियाको सीमावर्ती तथा कोशी नदीको किनारमा बसोबास गर्दै आएका मानिसहरु नराम्ररी प्रभावित भएका छन् ।

कोशीको पानी कम्मरसम्म आइपुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बाढीका कारण केही रेलस्टेशन तथा सडकमा समेत क्षति पुगेको बताइएको छ । त्यस्तै बाढीले अररियाका केही स्थानमा विद्युत प्रवाह समेत प्रभावित भएको छ ।

विहारमा डुवान परेपछि भारत सरकारले कोसीको ढोका बन्द गर्न नेपाललाई दबाव दिएको छ । भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए ।

वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ५ : ५३ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले