राजधानीका २० विद्यालयमा संस्कृत पठनपाठन शुरु « Khabarhub

राजधानीका २० विद्यालयमा संस्कृत पठनपाठन शुरु


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजधानीका २० वटा संस्थागत विद्यालयमा प्राचीन भाषा संस्कृतको पठनपाठन शुरु भएको छ ।

जीयर शैक्षिक संस्था नेपाल र विकास तरङ्गिणीको १२औँ वार्षिकोत्सवका अवसरमा शनिवार काठमाडौँको बत्तिसपुतलीमा आयोजित रक्तदान तथा सत्सङ्ग कार्यक्रममा संस्थाका सल्लाहकार एवं सरकारका पूर्वसचिव वामनप्रसाद न्यौपानेले यस्तो जानकारी दिए ।

सामाजिक रुपान्तरणमा युवाको परिचालन र पूर्वीय दर्शनको विकासमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए ।

राजधानीका २० वटा विद्यालयमा पढाइ भइरहेको संस्कृत विषयको र पाठ्यक्रम र पाठ्यपुस्तकसमेत संस्थाले तयार पारेर विद्यालयलाई उपलब्ध गराएको अध्यक्ष कुमार अधिकारीले जानकारी दिए ।

संस्थाले विगत १२ वर्षदेखि रक्तदान, स्वास्थ्य शिविर, ज्येष्ठ नागरिक सम्मान, आध्यात्मिक प्रवचन लगायतका कार्य गर्दै आएको छ । संस्थाले हालसम्म विभिन्न जिल्लामा सञ्चालन गरिएको ५६ वटा स्वास्थ्य शिविरमा आठ हजारभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् ।

विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त नन्दीरात्रि माध्यमिक विद्यालयमा सात कोठे भवन निर्माण गरेको पनि संस्थाले जनाएको छ । कार्यक्रममा ४१ जनाले रक्तदान गर्नुभएको जानकारी पनि सो अवसरमा दिइयो । पछिल्लो समय संस्कृत अध्यापन गराउन चाहने विद्यालयको सङ्ख्या बढ्न थालेको सो अवसरमा जानकारी गराइयो ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ६ : ५१ बजे

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ