जनयुद्ध दिवसबारे नेता नेपालले पोखे असन्तुष्टि | Khabarhub Khabarhub

जनयुद्ध दिवसबारे नेता नेपालले पोखे असन्तुष्टि


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले जनयुद्ध दिवसबारे असुन्तुष्टि व्यक्त गरेका छन् । जनयुद्धको मात्र नभई सबै आन्दोलनका शहीदहरूको सम्मान गर्ने कुरामा फरक मत नभए पनि पार्टीले गर्ने कार्यक्रम तथा लिने निर्णयमा प्रति इंगित गर्दै असन्तुष्टि पोखेका हुन् ।

नेकपाले पार्टी मुख्यालयमा र देशव्यापी रूपमा जनयुद्ध दिवस मनाइरहँदा वरिष्ठ नेता नेपालले पार्टीमा औपचारिक रुपमा जनयुद्ध दिवश मनाउनेबारे कुनै निर्णय नभएको स्पष्ट पारे ।

महोत्तरीको एक कार्यक्रममा जाने शिलशिलामा जनकपुरमा पत्रकारहरु सँग कुरा गर्दै नेता नेपालले पार्टीभित्र व्यक्तिले म सर्वेसर्वा भए जस्तै निर्णय गर्ने छुट कसैलाई नहुने समेत जिकिर गरे ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको जनयुद्ध दिवको कार्यक्रममा अर्का शीर्ष नेता झलनाथ खनाल पनि उपस्थित भएका थिएन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ८ : २८ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले