बाढी पहिरो पीडितको उद्धारमा जुट्न स्थानीय तहलाई मन्त्रालयको निर्देशन « Khabarhub

बाढी पहिरो पीडितको उद्धारमा जुट्न स्थानीय तहलाई मन्त्रालयको निर्देशन


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाढीबाट पीडितको उद्धार कार्यमा लाग्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख, सहसचिव केदारप्रसाद पनेरुले देशभरि अहिले भइरहेको वर्षाले जनधनको क्षति पुगेको भन्दै स्थानीय तहलाई १० बुँदे निर्देशनात्मक आदेश दिँदै उद्धार तथा राहत कार्यक्रममा लाग्न निर्देशन दिएका हुन् ।

उनले विपद् जोखिमको न्यूनीकरण र रोकथाम गर्न, पीडितको शीघ्र उद्धार गरी राहत प्रदान गर्न तथा यसको कारणले हुने महामारी फैलन सक्ने अवस्थालाई समेतलाई मध्यनजर गरी उपयुक्त व्यवस्थापन गर्न स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीलाई तत्काल जुट्न निर्देशन दिएको बताए ।

उनले जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर पीडितलाई खाने, बस्ने र औषधोपचार व्यवस्था पनि स्थानीय तहबाट तत्कालन मिलाउनुपर्ने, बाढीको बहाब खोल्ने लगायका कार्यमा आवश्यकअनुसार समितिसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउनुपर्ने, खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षा निकायलाई आवश्यक सहयोग र समन्वय गर्ने लगायतका कार्य गर्न निर्देशन दिएका छन् ।

यसैगरी राहत वितरणमा एकद्धार प्रणाली अवलम्बन गर्नुपर्ने, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनकामे कामलाई सबै स्थानीय तहले उच्च प्राथमिकता दिइनुपर्ने लगायतका निर्देशन रहेका छन् ।

स्थानीय तहले खोज तथा उद्धार, राहत र शीघ्र पुर्नलाभको क्षेत्रमा रहेका कामको प्रगति विवरण दैनिक रुपमा मन्त्रालयमा पठाउनसमेत आग्रह गरिएको छ । स्थानीय तहको विपद् व्यवस्थापन कोषमा स्रोत साधन अभाव भए जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी केन्द्रमा अनुरोध गर्नसमेत आग्रह गरेको छ ।

उद्धार गर्नका लागि रकम नपुग भएको कारणले खोज, उद्धार तथा तत्कालीन राहतमा बाधा पर्ने भएका कानून बमोजिम स्थानीय तहको कुनै पनि बजेट शीर्षकबाट खर्च गर्ने व्यवस्था मिलाउनेसमेत भनिएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १० : ०५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको