भारतले किन्यो ७ सय करोडको अत्याधुनिक हतियार « Khabarhub

भारतले किन्यो ७ सय करोडको अत्याधुनिक हतियार


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले फास्ट ट्रयाक प्रकृयामार्फत् अमेरिकी कम्पनीसँग ७ अर्ब भारतीय रुपैयाँ बराबरीको ७२ हजार ४ सय असल्ट राइफल खरिद सम्झौतामा हस्ताक्षर गरेको छ । यसबारे मंगलबार भारतीय रक्षामन्त्रालयले जानकारी दिएको छ । यि राइफलहरु अमेरिकी सुरक्षाबल सँगै केही युरोपेली देशका सेनाले पनि प्रयोग गर्दै आएका छन् ।

फास्ट ट्रयाक प्रोक्योर्मेन्ट एफटीपी प्रकृयामार्फत् एसआईजी जार असल्ट राइफल खरिदका लागि अमेरिकासँग सम्झौतामा हस्ताक्षर गरिएको भारतीय अधिकारीले जनाएका छन् । यस सम्झौताअनुसार एक वर्षभित्र भारतलाई अमेरिकाबाट ७४ हजार ४ सय ७.६२ एमएमका एसआइजी राइफल उपलब्ध हुनेछन् ।

राइफल ७ अर्ब भारतीय रुपैयाँको मूल्यमा खरिद गर्न लागिएको हो । अधिकारीहरुका अनुसार हाल भारतीय सशस्त्र बलले ५.५६×४५ एमएमको इन्सास राइफल प्रयोग गर्दै आएको छ । इन्सास राइफलको बदलामा अब ७.६२×५१ एमएमको असल्ट राइफल प्रयोग गर्नुपर्ने आवश्यकता महसुस हुन थालेको भारतीय अधिकारीहरु बताउँछन् । यि असल्ट राइफलहरु छोटो, ठोस, आधुनिक प्रविधिको तथा युद्धको परिस्थितीका लागि काममा ल्याउन पनि सहज रहेको बताइन्छ ।

यसअघि यसै महिनाको सुरुमा भारतीय रक्षामन्त्री निर्मला सीतारमणले असल्ट राइफल खरिदका लागि अनुमति दिएकी थिइन् । चीनको सीमामा तैनाथ सैनिकहरुले यी राइफलको प्रयोग गर्ने बताइएको छ । यसअघि सन् अक्टोबर २०१७ मा भारतीय सेनाले ७ लाख राइफल, ४४ हजार लाइट मेसिन गन एलएमजी, करिब ४४,६०० कार्बाइनको खरिद प्रकृया सुरु गरेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ८ : ३८ बजे

झापाका पाँचवटा क्षेत्रमा रास्वपाको अग्रता, ५, ४, २ मा निरन्तर लिड

काठमाडौं– पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा पाँचैवटा निर्वाचन क्षेत्रमा राष्ट्रिय

तेह्रथुममा एमालेका भानुभक्त ढकालको निरन्तर अग्रता, पछ्याउँदै कांग्रेसका सन्तोष सुब्बा

तेह्रथुम– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत तेह्रथुममा नेकपा (एमाले) का उम्मेदवार भानुभक्तले निरन्तर

रञ्जुले जितेको काठमाडौं १ मा एमाले र नेकपाको जमानत जफत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शनाले जित हासिल गरेको

स्याङ्जा–२ मा आयोगको निर्देशन- दलहरूलाई सहमति गराएर मतगणना अगाडि बढाउनू 

स्याङ्जा– निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्याङ्जा–२ मा मतगणना

नवलपरासी पश्चिम-१ मा विनोद चौधरीलाई कांग्रेस छाडेका विक्रमको धक्का, तेब्बर मतले अगाडि

नवलपरासी पश्चिम– प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र