नायिका रेखा थापाद्वारा श्रममन्त्रीको ध्यानाकर्षण « Khabarhub

नायिका रेखा थापाद्वारा श्रममन्त्रीको ध्यानाकर्षण


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका रेखा थापाले नेपाली स्वदेश फर्किदा अन्तर्राष्ट्रय विमानस्ठलमा श्रमिकमाथि हुने विभेदको अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टलाई मन्त्रालयमा भेटेर प्रवासी नेपाली श्रमिकका गुनासाहरु सुनाउनुका साथै ध्यानाकर्ष पत्र बुझाएकी हुन् ।

उनले विदेशबाट श्रमिक स्वदेश फर्किदा विमानस्थलमा घरेलु प्रयोजनका लागि ल्याइएका समानहरु जफत गरिने, अनावश्यक कर तिर्न बाध्य पारिने अवस्था रहेको उल्लेख गर्दै कामदारको हकहितमा हुने गरी नियम सच्याउन समेत आग्रह गरिन् ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री  बिष्टले यस विषयमा पहल भइरहेकाे  र  कामदारकाे हक  हितमा सरकार रहेकाे आश्वासन  दिए । नेपाली श्रमिकले नेपाल फर्किदा त्रिभुवन विमानस्थलमा झोला झिम्टी र सामान जफत भएको विषयमा गत सातादेखि अ‍ालाेचना भइरहेकाे छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ९ : २१ बजे

नेपाल टेक रोडशो यूएसए २०२६ सम्पन्न, नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत

अमेरिका– अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको

अर्थ समितिले आर्थिक वर्षको बजेटबारे विज्ञहरूसँग छलफल गर्ने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौं– यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने

शर्माको सुनुवाइ ‘फास्ट ट्र्याक’मा, विपक्षीको आपत्तिपछि रास्वपा सांसद्ले भने- यसलाई धेरै लम्ब्याउनु हुँदैन

काठमाडौं– संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार

रास्वपाका सांसद कार्की प्रकरण सदनमा, दोषी भए कारबाहीको माग

काठमाडौं– कृष्णकुमार कार्कीमाथि नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको