इरानमा आत्मघाती बम विष्फोट, रिपब्लिकन गार्डका २० सैनिक मारिए « Khabarhub

इरानमा आत्मघाती बम विष्फोट, रिपब्लिकन गार्डका २० सैनिक मारिए


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानमा भएको आत्मघाती बम आक्रमणमा २० जनाको ज्यान गएको छ । इरानको दक्षिणपूर्वी शहरहरु जाहेदान र खाह शहरको बीचमा पर्ने सडकमा इरानको रिपब्लिकन गार्ड चढेको सवारीलाई लक्षित गरी आत्मघाती बम आक्रमण भएको इरानका फार्स समाचार संस्थाले जनाएको छ । आक्रमणमा मारिनेमा सबै रिपब्लिकन गार्डका सैनिक छन् ।

आक्रमणमा अरु १० जना रिपब्लिकन गार्डका सैनिक पनि घाइते भएको इरानी अधिकारीले जनाएका छन् । आक्रमणमा कुन समूहको हात छ भन्ने स्पष्ट नभइसकेपनि त्यस क्षेत्रमा सुन्नी अतिवादी लडाकुहरु सक्रिय रहेको बताइन्छ ।

शिया बहुल इरानमा सुन्नी अतिवादीहरुले बेलाबेला सैनिक तथा गैरसैनिक निशालाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १० : २८ बजे

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको