कार्यालयमा छड्के, ९६ कर्मचारी अनुपस्थित « Khabarhub

कार्यालयमा छड्के, ९६ कर्मचारी अनुपस्थित


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- जिल्लाका सरकारी कार्यालयमा अनुगमन गर्ने क्रममा ९६ कर्मचारी अनुपस्थित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबार जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा विभिन्न कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले सङ्घ र प्रदेशअन्तर्गतका २० कार्यालयमा अनुगमन गर्दा ९६ कर्मचारी अनुपस्थित रहेको पाइएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए ।

अनुगमन गरिएका कार्यालयका हाजिरी रजिस्टर छड्के टोलीले प्रशासन कार्यालयमा लगेर हेरेको थियो । छड्के अनुगमनमा १९ अधिकृत र ७७ अन्य कर्मचारी कार्यालयमा हाजिर नभएको पाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।

खानेपानी डिभिजन कार्यालय, नापी कार्यालय र घरेलुका कार्यालयबाहेकका अन्य कार्यालयमध्ये समयमै कार्यालय नजानेमा जिल्ला अस्पतालका रहेका छन् । जिल्ला अस्पतालका डा सुशील मरासिनी वैशाखदेखि कार्यालयमा अनुपस्थित रहे भने अस्पतालका प्रमुख डा.अमृत पोखरेल साउन १३ गतेदेखि अनुपस्थित रहेको पाइएको छ ।

जिल्ला अस्पतालजस्तो संवेदनशील कार्यालयमा एकैपटक सबै अधिकृत अनुपस्थित हुनु दुःखद भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ६ : ५९ बजे

नयाँ सांसदहरूको शपथ चैत १२ गते दिउँसो सिंहदरबार परिसरमा

काठमाडौं- संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई आगामी चैत १२

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार, पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं- महानायक राजेश हमालको निर्देशनमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा