कस्ता पुरुषसँग टाढा भाग्छन् महिला ? « Khabarhub

कस्ता पुरुषसँग टाढा भाग्छन् महिला ?


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महिला र पुरुषको सम्बन्ध एक रथको दुई पांग्राका रुपमा लिइन्छ । पारिवारिक सम्बन्ध मजबुत बनाउनी उनीहरुबीच सहकार्य र सद्भाव हुनु जरुरी हुन्छ । उनीहरुबीच विश्वास हुनुपर्छ ।

युवा युवतीमा यस्तो विश्वासको अभाव खड्किएको पाइन्छ । यदी कुनै युवतीलाई मन पराउनुहुन्छ भने तपाईले केही आफ्नो आनीबानीमा पक्कै परिवर्तन ल्याउन जरुरी हुन्छ । महिलाहरुलाई के कुरा मन पर्दैन यसबारे जानकारी लिनैपर्छ जसले भविष्यमा समस्या नआओस् ।

प्राय महिलाहरुले पुरुषका यस्ता गुणहरु मन पराउँदैनन्, जुन निम्न छन्–

आफ्नै तारिफ गर्ने पुरुष
कुनै पनि महिलाले पुरुष आफैले आफ्नो औधी तारिफ गरेको फिटिक्कै मन पराउँदैनन् । आफ्नै तारिफ गर्ने पुरुषबाट महिला टाढा भाग्छन् ।

फ्लर्ट गर्ने पुरुष
पुरुषमा फ्लर्ट गर्ने बानी सामान्य हुन्छ । यस्ता पुरुष जो सुकै महिलालाई देखेर उनीहरुसँग फ्लर्ट गर्न सुरु गर्छन् । यस्ता पुरुषबाट पनि महिला टाढा हुन्छन् ।

सधैं प्रश्न गर्ने पुरुष
पुरुषहरु आफ्ना प्रेमिकाप्रति निकै सशंकित हुन्छन् । हरेक कुरामा प्रश्न गरिरहेका हुन्छन् । कहिले कतिबजे कहाँ गइरहेका छन् उनीहरुलाई हरेक कुराको जानकारी चाहिन्छ । चाहिनेभन्दा बढी सवाल–जवाफ गर्ने पुरुष पनि महिलालाई मनपर्दैन ।

केयर नगर्ने पुरुष
महिलालाई केयर गर्ने पुरुष निकै मनपर्छ । पुरुषको केयरिङ स्वभावले महिलालाई उनीहरुतर्फ आकर्षित गराउँछ । यसको विपरित यदि कोही पुरुषले उनीहरुको मेसेज र फोन कलको जवाफ दिएनन् भने यस्ता पुरुष महिलालाई मन पर्दैन ।

पुरुष मित्रसँग इर्ष्या गर्ने पुरुष
धेरैजसो पुरुषलाई आफ्नी प्रेमिकाका पुरुष साथीहरु मन पर्दैन । ती महिला आफ्ना प्रेमीका लागि जतिसुकै इमान्दार किन नहोस् शंका गर्न छाड्दैनन् । प्रेमिकाको पुरुष साथीसँग जहिले पनि पुरुषले इर्ष्या नै गरिरहेका हुन्छन् । यस्ता पुरुषबाट पनि महिला टाढा भाग्ने गर्छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ७ : ०६ बजे

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी