सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह « Khabarhub

सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई ध्यान दिएर यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक सूचना जारी गरी आज रातिदेखि कात्तिक १४ गतेसम्म देशका विभिन्न प्रदेशमा खराब मौसमको सम्भावना रहेकाले यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन यातायात व्यवसायीलाई आग्रह गरेका हुन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी सूचनालाई उद्धृत गर्दै महासङ्घले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसमको बढी प्रभाव र कर्णाली र सुदूरपश्चिम प्रदेशमा हावाहुरी तथा मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो ।  

महासचिव गौतमले सम्बन्धित जिल्लाका सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरी लामो तथा छोटो दूरीका यात्रुवाहक र मालवाहक सवारीसाधन सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरे। महासङ्घले अवस्था जोखिमपूर्ण भएमा आवश्यकता अनुसार सवारी आवागमन बन्द गर्न तथा बन्द गर्नुअघि सर्वसाधारणलाई अग्रिम जानकारी गराउन पनि आग्रह गरेको छ ।

महासङ्घले खराब मौसमका कारण सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भ्रमणमा जाने पर्यटकलाई यात्रा नगर्न र गइसकेका पर्यटकलाई मौसम सामान्य नहुँदासम्म सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

त्यस्तै, जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई सम्भावित विपद् आउनुअघि सुरक्षित स्थानमा स्थानान्तरण गर्न, विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन र मौसमसम्बन्धी आधिकारिक सूचनाको नियमित जानकारी लिन सम्बन्धित निकायलाई आग्रह गरेको छ । 

महासङ्घले मौसमसम्बन्धी जानकारीका लागि मौसम विज्ञान विभागको हटलाइन ११५५ तथा विपद्का बेला सहयोग माग्न १२३४, १०० वा १११४ मा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । 
 

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ६ : ३१ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७