जिब्रो सफा राख्न अपनाउनुस् यी ७ तरिका « Khabarhub

जिब्रो सफा राख्न अपनाउनुस् यी ७ तरिका


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया मानिसहरुको जिब्रो हेरेरै धेरै रोग पत्ता लाग्छ । उपचारको लागि कुनै चिकित्सककहाँ पुग्नु भयो भने उसले पहिला तपाईको जिब्रोको परीक्षण गरेको थहा नै होला ।

टाउको, पेट दुखेको होस् या शरीरमा अन्य समस्या नै किन नहोस् । चिकित्सकले जिब्रोको अवस्था हेर्न छुटाउँदैनन् । त्यसैले जीब्रोको सफाइमा विशेष ध्यान दिनु जरुरी हुने चिकित्सकहरु सुझाउँछन् । कसरी गर्ने जिब्रको सफाई केही टिप्सः

टङ क्लिनर
बजारमा धातु र प्लास्टिकको टङ क्लिनर पाइन्छ । ब्रस गरिसकेपछि टङ क्लिनरले बिस्तारै जिब्रो सफा गर्नुपर्छ ।

नुन
जिब्रोमा जमेको सेतो पत्र र ब्याक्टेरिया हटाउन नुन ज्यादै उपयोगी हुन्छ । किनकि, नुनमा एन्टिसेप्टिक गुण हुन्छ । जिब्रोमा अलिकति नुन छरेर टुथब्रसले केही बेर रगड्ने । सातामा दुई पटक यसो गरे जिब्रो ब्याक्टेरियारहित हुन्छ।

नुनपानी
मनतातो पानीमा नुन हालेर सातामा दुई पटक कुल्ला र गार्गल गर्नाले जिब्रो सफा हुनुको साथै यसमा जम्मा भएका ब्याक्टेरिया पनि हटेर जान्छ ।

दही
खानासँग दही खाँदा क्यान्डिडा फंगसका कारण जिब्रोमा जमेको सेतो पत्र हट्छ र जिब्रोसँगै श्वास पनि शुद्ध हुन्छ । त्यस्तै बिहान ब्रस गर्नुअघि नरिवलको तेल मुखमा हालेर केही समयसम्म कुल्ला गर्नुपर्छ । त्यसपछि मनतातो पानीले कुल्ला गर्नुपर्छ । हरेक दिन बिहान गरियो भने जिब्रो सफा हुन्छ ।

घ्यूकुमारीको जुस
घ्यूकुमारीको जुसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ । एक चम्चा एलोबेरा जुस मुखमा केही बेर राख्ने । कुल्ला गरी यसलाई थुकिदिने । अथवा एक चम्चा एलोबेरा जुस पिउने गर्नुपर्छ ।

बेसार
बेसारमा पनि ब्याक्टेरियानाशक तत्व हुन्छ । त्यसैले जिब्रो सफा गर्न यसको प्रयोग गर्न सकिन्छ । आधा चम्चा बेसारमा कागतीको रस मिलाएर पेस्ट तयार पार्ने । यो पेस्ट केही बेर जिब्रोमा रगडेपछि कुल्ला गर्ने । साथै, आधा चम्चा बेसारलाई पानीमा घोलेर गार्गल गर्नाले पनि जिब्रो सफा हुन्छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ७ : ५६ बजे

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको