जिब्रो सफा राख्न अपनाउनुस् यी ७ तरिका | Khabarhub Khabarhub

जिब्रो सफा राख्न अपनाउनुस् यी ७ तरिका


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया मानिसहरुको जिब्रो हेरेरै धेरै रोग पत्ता लाग्छ । उपचारको लागि कुनै चिकित्सककहाँ पुग्नु भयो भने उसले पहिला तपाईको जिब्रोको परीक्षण गरेको थहा नै होला ।

टाउको, पेट दुखेको होस् या शरीरमा अन्य समस्या नै किन नहोस् । चिकित्सकले जिब्रोको अवस्था हेर्न छुटाउँदैनन् । त्यसैले जीब्रोको सफाइमा विशेष ध्यान दिनु जरुरी हुने चिकित्सकहरु सुझाउँछन् । कसरी गर्ने जिब्रको सफाई केही टिप्सः

टङ क्लिनर
बजारमा धातु र प्लास्टिकको टङ क्लिनर पाइन्छ । ब्रस गरिसकेपछि टङ क्लिनरले बिस्तारै जिब्रो सफा गर्नुपर्छ ।

नुन
जिब्रोमा जमेको सेतो पत्र र ब्याक्टेरिया हटाउन नुन ज्यादै उपयोगी हुन्छ । किनकि, नुनमा एन्टिसेप्टिक गुण हुन्छ । जिब्रोमा अलिकति नुन छरेर टुथब्रसले केही बेर रगड्ने । सातामा दुई पटक यसो गरे जिब्रो ब्याक्टेरियारहित हुन्छ।

नुनपानी
मनतातो पानीमा नुन हालेर सातामा दुई पटक कुल्ला र गार्गल गर्नाले जिब्रो सफा हुनुको साथै यसमा जम्मा भएका ब्याक्टेरिया पनि हटेर जान्छ ।

दही
खानासँग दही खाँदा क्यान्डिडा फंगसका कारण जिब्रोमा जमेको सेतो पत्र हट्छ र जिब्रोसँगै श्वास पनि शुद्ध हुन्छ । त्यस्तै बिहान ब्रस गर्नुअघि नरिवलको तेल मुखमा हालेर केही समयसम्म कुल्ला गर्नुपर्छ । त्यसपछि मनतातो पानीले कुल्ला गर्नुपर्छ । हरेक दिन बिहान गरियो भने जिब्रो सफा हुन्छ ।

घ्यूकुमारीको जुस
घ्यूकुमारीको जुसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ । एक चम्चा एलोबेरा जुस मुखमा केही बेर राख्ने । कुल्ला गरी यसलाई थुकिदिने । अथवा एक चम्चा एलोबेरा जुस पिउने गर्नुपर्छ ।

बेसार
बेसारमा पनि ब्याक्टेरियानाशक तत्व हुन्छ । त्यसैले जिब्रो सफा गर्न यसको प्रयोग गर्न सकिन्छ । आधा चम्चा बेसारमा कागतीको रस मिलाएर पेस्ट तयार पार्ने । यो पेस्ट केही बेर जिब्रोमा रगडेपछि कुल्ला गर्ने । साथै, आधा चम्चा बेसारलाई पानीमा घोलेर गार्गल गर्नाले पनि जिब्रो सफा हुन्छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ७ : ५६ बजे

रास्वपा विस्तारित बैठक : चार प्रतिवेदन पेश हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको विस्तारित बैठक भोलिबाट सुरु हुने

प्रधानमन्त्री कार्कीको औकातमा प्रश्न उठाएपछि सामाजिक सञ्जालमा रामकुमारी झाँक्रीको उछितो

काठमाडौं– पत्रकार टीकाराम यात्रीसँगको अन्तर्वार्तामा पूर्वमन्त्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री सुशीला

पुष्पसदन कप बास्केटबल शनिबारदेखि

काठमाडौं– पुष्पसदन आवासीय माध्यमिक विद्यालयको आयोजनामा चौथो पुष्पसदन कप उपत्यकाव्यापी

लिङ्देनलाई राणाको पत्र : १२ बुँदेको औचित्य सकियो, अब हिन्दु अधिराज्य र राजा फर्काउन लागौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्सेर राणाले पार्टी सुधारका

कन्नड सिनेमाका अभिनेता हरिश रायको ६३ वर्षको उमेरमा निधन

काठमाडौं– कन्नड फिल्म उद्योगका प्रख्यात अभिनेता हरिश रायको ६३ वर्षको