लिभरपुलका गोलकिपरलाई आराम « Khabarhub

लिभरपुलका गोलकिपरलाई आराम


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका स्टार खेलाडी तथा गोलकिपर एलिसनले केही हप्ताको आराम पाएका छन् । खुट्टाको पिँडौलामा चोट लागेपछि एलिसनले आराम पाएका हुन् ।

यो सिजनको पहिलो खेलमा गएको शुक्रबार नर्विच सिटीविरुद्धको खेलका क्रममा पिँडौलामा चोट लागेपछि उनलाई आराम दिइएको प्रशिक्षक योर्गन क्लोपले जानकारि दिएको बीबीसीले उल्लेख गरेको छ ।

लिभरपुलको पहिलो रोजाइका गोलकिपर तथा ब्राजिलका खेलाडी एलिसन नर्विचसँगको खेलका क्रममा खेलको ३९ औं मिनेटमा मैदानमा चोटग्रस्त भएपछि मैदानबाट बाहिर आएका थिए ।

‘यो सामान्य होइन । एलिसनको पिँडौलामा चोट लागेको छ र उनलाई केही दिनको आराम दिइएको छ,’ प्रशिक्षक क्लोपले भने ।

गएको सिजनमा च्याम्पियन्स लिगको उपाधि उचालेको लिभरपुलका लागि एलिसनले महत्वपूर्ण भूमिका निभाएका थिए भने प्रिमियर लिगमा दोस्रो भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ९ : १० बजे

नयाँ सांसदहरूको शपथ चैत १२ गते दिउँसो सिंहदरबार परिसरमा

काठमाडौं- संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई आगामी चैत १२

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार, पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं- महानायक राजेश हमालको निर्देशनमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा