एजुकेशन कन्सलटेन्सीको आवरणमा मानव तस्करी, वैदेशिक रोजगार विभागले मार्‍यो आकस्मिक छापा | Khabarhub Khabarhub

एजुकेशन कन्सलटेन्सीको आवरणमा मानव तस्करी, वैदेशिक रोजगार विभागले मार्‍यो आकस्मिक छापा


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले काठमाडौंको सिनामंगलस्थित एलाइन्स इन्टरनेशनल एजुकेशन कन्सलटेन्सीमा आकस्मिक छापा मारेको छ । उक्त सस्थाबाट विभागले नेपाली युवालाई साइप्रस पठाउने नाममा संकलित कागजातहरु जफत गरेको जानकारी दिएको छ ।

विभागको अनुगमन टोलीले साइप्रसमा रोजगारीमा जान दिएका निवेदनहरु, राहदानीको स्क्यान कपि, यसअघि कामदार भिसामा युरोपका विभिन्न मुलुकमा पठाइएका व्यक्तिहरुको विवरण फेला पारेको हो ।

अवैध रुपमा विदेश पठाउने प्रक्रिया सामेल भएको देखिएपछि कागजात, कम्प्युरको सिपियू लगायतका सामग्री जफत गरिएको र सो कन्सलटेन्सीका सञ्चालक सुजित कुमार श्रेष्ठलाई वयानका लागि पत्र दिइएको विभागले जनाएको छ ।

कन्सलटेन्सीले सामाजिक सञ्जालमार्फत युरोपका विभिन्न मुलुकमा रोजगारीका लागि पठाउने भन्दै विज्ञापन गरेको फेला परेको थियो । सोही विज्ञापनका आधारमा अन्तरवार्ता लिइरहेको भन्ने उजुरीका परेपछि विभागले प्रहरीको सहयोगमा छापा मारेको थियो ।

शैक्षिक परामर्श दिने भन्दै दर्ता गरिएका कन्सलटेन्सीहरुले विगत लामो समयदेखि अवैध रुपमा विदेश पठाउने काम गर्दै आएका थिए । विभागले यसरी काम गरिरहेका संस्थाहरुमा पनि छापा मार्न थालेको हो ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ११ : ०८ बजे

ला लिगा : ओभिएदोमाथि बार्सिलोनाको सानदार पुनरागमन जित

काठमाडौं – ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्सिलोनाले

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौं – एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज १० गते शुक्रबार। आश्विन

आज २०८२ साल असोज १० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज १० गते शुक्रबार। आश्विन