एजुकेशन कन्सलटेन्सीको आवरणमा मानव तस्करी, वैदेशिक रोजगार विभागले मार्‍यो आकस्मिक छापा « Khabarhub

एजुकेशन कन्सलटेन्सीको आवरणमा मानव तस्करी, वैदेशिक रोजगार विभागले मार्‍यो आकस्मिक छापा


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले काठमाडौंको सिनामंगलस्थित एलाइन्स इन्टरनेशनल एजुकेशन कन्सलटेन्सीमा आकस्मिक छापा मारेको छ । उक्त सस्थाबाट विभागले नेपाली युवालाई साइप्रस पठाउने नाममा संकलित कागजातहरु जफत गरेको जानकारी दिएको छ ।

विभागको अनुगमन टोलीले साइप्रसमा रोजगारीमा जान दिएका निवेदनहरु, राहदानीको स्क्यान कपि, यसअघि कामदार भिसामा युरोपका विभिन्न मुलुकमा पठाइएका व्यक्तिहरुको विवरण फेला पारेको हो ।

अवैध रुपमा विदेश पठाउने प्रक्रिया सामेल भएको देखिएपछि कागजात, कम्प्युरको सिपियू लगायतका सामग्री जफत गरिएको र सो कन्सलटेन्सीका सञ्चालक सुजित कुमार श्रेष्ठलाई वयानका लागि पत्र दिइएको विभागले जनाएको छ ।

कन्सलटेन्सीले सामाजिक सञ्जालमार्फत युरोपका विभिन्न मुलुकमा रोजगारीका लागि पठाउने भन्दै विज्ञापन गरेको फेला परेको थियो । सोही विज्ञापनका आधारमा अन्तरवार्ता लिइरहेको भन्ने उजुरीका परेपछि विभागले प्रहरीको सहयोगमा छापा मारेको थियो ।

शैक्षिक परामर्श दिने भन्दै दर्ता गरिएका कन्सलटेन्सीहरुले विगत लामो समयदेखि अवैध रुपमा विदेश पठाउने काम गर्दै आएका थिए । विभागले यसरी काम गरिरहेका संस्थाहरुमा पनि छापा मार्न थालेको हो ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ११ : ०८ बजे

नयाँ सांसदहरूको शपथ चैत १२ गते दिउँसो सिंहदरबार परिसरमा

काठमाडौं- संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई आगामी चैत १२

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार, पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं- महानायक राजेश हमालको निर्देशनमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा