१ वर्ष अगाडि नै राजीनामा दिने तयारीमा थिए समाजवादीका सांसद यादव « Khabarhub

१ वर्ष अगाडि नै राजीनामा दिने तयारीमा थिए समाजवादीका सांसद यादव


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित (हाल समाजवादी पार्टीका) सांसद सूर्यनारायण यादव ‘सुरज’ले  सांसद पदबाट राजीनामा दिएका छन् । आफ्नो स्वास्थ्यका कारण सांसदको रुपमा काम गर्न असक्षम रहेको कारण देखाउँदै यादवले राजीनामा संघीय संसद सचिवालयमा आफ्ना राजीनामा पत्र दर्ता गराएका हुन् ।

यादवको राजीनामाबारे जानकारी भए पनि सभामुख कृष्णबहादुर महराले स्वीकृत भने नगरेको संसद सचिवालयले जनाएको छ ।

समाजवादी पार्टीका एक नेताका अनुसार यादवले १ वर्ष अघिदेखि नै राजीनामा दिने बताइरहेका थिए । पार्टीको कार्यशैलीप्रति चित्त नबुझेको भन्दै बेलाबेलामा उनले राजीनामा दिने बताउँदै आएको समाजवादी पार्टीका एक नेताले खबरहबलाई जानकारी दिए ।

‘उहाँ (यादव)ले विगत १ वर्षदेखि नै राजीनामा दिन भनेर भन्दै आउनुभएको थियो । अहिले आएर संसद सचिवालयमा राजीनामा दिएको भन्ने बुझिएको छ,’ नाम उल्लेख नगर्ने शर्तमा समाजवादी पार्टीका एक नेताले खबरहबसँग भने, ‘अहिले आएर उहाँले राजीनामा दिनुको कारण अरु पनि हुनसक्छ ।’

सप्तरी १ बाट निर्वाचित सांसद यादवको राजीनामा स्वीकृत उक्त क्षेत्रमा उपचुनाव गर्नुपर्नेछ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ११ : २० बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी