पछिल्लो समय मधुमेहका बिरामीहरु बढ्दै गएका छन् । मधुमेहले शरीरका हरेक कोशिकालाई नकारात्मक प्रभाव पार्ने गर्छ । मधुमेहको मुख्य कारण जीवनशैलीमा व्यायामको कमी, धेरै गुलिया, चिल्लो तथा उष्ण भोजन हो । योग र खानपानमा सुधार गरे प्रारम्भिक मधुमेह धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । मधुमेह नियन्त्रणका लागि विभिन्न जडिबुटी सेवन गर्दा पनि फाइदा हुन्छ ।
जामुनको बियाँ
जामुन अथवा जमुनाको सुकेको बिउलाई धुँलो बनाएर मनतातो पानीसँग खानाले मधुमेह नियन्त्रण गर्न सकिन्छ ।
तेजपत्ता
यो नेपाली भान्छामा नछुट्ने मसाला मध्ये एक हो । यसलाई खानामा नियमित समावेश गरे मधुमेहका रोगीलाइ लाभ हुन्छ ।
करेलाको रस
करेलाको रस पनि मधुमेहका बिरामीका लागि निकै उपयोगी हुने आयुर्वेदमा उल्लेख छ । २० मिलिलिटर करेलाको जुस हरेक दिनको भोजनमा समावेश गर्दा उत्तम हुन्छ ।
बेसार
बेसार आफैमा एक औषधि हो । यसको नियमति प्रयोगले मधुमेह घटाउन निकै मद्दत गर्छ ।
मेथी
मधुमेहका बिरामीले मेथीको धुलो बनाएर नियमित एक चम्चाको दरले सेवन गर्दा रगतमा चिनीको मात्रा घट्छ भने सामान्य मानिसले पनि नियमित सेवन गर्दा मधुमेह लाग्ने जोखिम कम हुन्छ ।
हर्रो
हर्रो पनि मधुमेह नियन्त्रणका दैनिक सेवन गरेमा धेरै फाइदा मिल्छ । टर्रो रस भएका जति पनि खानेकुरा, फलफूल तथा जडिबुटी छन्, ती सबै मधुमेह नियन्त्रणका लागि निकै उपयोगी हुन्छन् ।
प्रतिक्रिया