प्रदेश ५ लोकसेवा आयोगका अध्यक्षले लिए सपथ « Khabarhub

प्रदेश ५ लोकसेवा आयोगका अध्यक्षले लिए सपथ


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– प्रदेश ५ को लोकसेवा आयोगका अध्यक्ष प्रा. डिलाराम भट्टराईले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलसमक्ष भट्टराईले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

प्रदेश ५ को प्रदेश प्रमुखको कार्यालय बुटवलमा मंगलबार भएको सपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेललगायतको उपस्थिति रहेको थियो । मुख्यमन्त्रीको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिसका आधारमा प्रदेश प्रमुख झाले भट्टराईलाई साउन २३ गते लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।

प्रदेश ५ को लोकसेवा आयोगको अध्यक्षको सपथसँगै उक्त प्रदेशमा कर्मचारी भर्नाका लागि प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

प्रदेश न ५ को प्रदेश प्रमुखको कार्यालय बुटवलमा मंगलबार आयोजित समारोहमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि प्रदेश लोकसेवा आयोगको कार्यालयमा पदबहाली गर्दै आयोगका नवनियुक्त अध्यक्ष डिलाराम भट्टराई ।

 

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ३ : २६ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा