यु–१८ साफ च्याम्पियनसिपकाे प्रारम्भिक चरणमा ३० खेलाडी छनाेट « Khabarhub

यु–१८ साफ च्याम्पियनसिपकाे प्रारम्भिक चरणमा ३० खेलाडी छनाेट


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ ।

मंगलबार मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले यसअघि देखि अभ्यासमा रहेको ४६ जना खेलाडीबाट १६ जना खेलाडीलाई घर फर्काउँदै ३० जना खेलाडी छनोट गरेका हुन् ।

शसस्त्र प्रहरी बलको हलचोकस्थित मैदानमा हुने खेलमा नेपाली युवा टोलीले जीत हात पार्ने लक्ष्यसहित अभ्यास गरिरहेको प्रशिक्षक श्रेष्ठले बताएका छन् ।

साउन १९ गतेदेखि जावलाखेलमा अभ्यास शुरु गरेको युवा टोलीको सुरुवाती १० दिनको अभ्यासमा प्रशिक्षक श्रेष्ठ सन्तुष्ट छन् । उनले भने, ‘तयारी राम्रो भएको छ । अहिले हामीले फिजिकलमा ध्यान दिएर अभ्यास गर्‍यौं । बाँकी दुई हप्तामा मिड्फिल्डलाई जोड दिएर अभ्यास गर्छौं। बाँकी समयमा चाँही टीम सेटमा ध्यान दिनेछौं ।’

नेपाली युवा टोली :

गोलरक्षक : विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी, पुजन होना

डिफेन्डर : बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, विश्रान्त बस्नेत, एरिक लिम्बु, एन्जल महर्जन

मिडफिल्डर : शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, रेजिन माझी, जया गुरुङ, मनिष थापा, कुशस पौडेल, नितिन थापा

फरवार्ड : ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डांगी

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ५ : ०१ बजे

नयाँ सांसदहरूको शपथ चैत १२ गते दिउँसो सिंहदरबार परिसरमा

काठमाडौं- संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई आगामी चैत १२

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार, पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं- महानायक राजेश हमालको निर्देशनमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा