भ्रमण वर्ष २०२० लाई केन्द्रीत गर्दै काठमाडौं महानगर जुट्यो पुनर्निर्माणमा « Khabarhub

भ्रमण वर्ष २०२० लाई केन्द्रीत गर्दै काठमाडौं महानगर जुट्यो पुनर्निर्माणमा


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै महानगरपालिकाले सम्पदा पुनर्निर्माणको कामलाई तिव्रता दिएको बताएका छन् ।

राजकीर्ति महाविहार (टेवाहाल) भित्र रहेको अक्षेभ्य तथागतको मन्दिर पुर्ननिर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा मंगलबार सम्बोधन गर्दै मेयर शाक्यले यस्तो बताएका हुन् ।

‘यतिबेला काठमाडौँ महानगरपालिकाको ध्यान नेपाल भ्रमण वर्ष २०२० तर्फ केन्द्रित भएको छ,’ मेयर शाक्यले भने, ‘हामी अहिले त्यसैलाई केन्द्रित गरेर महानगरपालिका भित्रका सम्पदा पुनर्निर्माण गर्ने, हरियाली प्रवर्द्धन गर्ने जस्ता कार्यमा लागेका छौँ, यो मन्दिर निर्माण पनि त्यसैको एउटा उदाहरण हो’ ।

शाक्यले भ्रमण वर्षमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न पनि महानगरपालिकाले केही बढी मेहनत गर्नु पर्ने भन्दै सबै जनप्रतिनिधिलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।

‘न्युरोड काठमाडौँको पनि केन्द्रभागमा अवस्थित छ,’ उनले भने, ‘विश्व सम्पदा सूचीमा सुचिकृत क्षेत्रको आसपासमा रहेको न्युरोडलाई हामी नमूना बनाउन चाहन्छौँ, त्यहि अनुसार नै काम गरिरहेका छौँ ।’

मेयर शाक्यले अब टे बहालकै आगम घर र संकटा मन्दिर पुनर्निर्माण छिट्टै सम्पन्न गर्ने बताए ।

काठमाडौँ क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठ, प्रेदश सांसद डाक्टर अजयक्रान्ति शाक्य, क्षेत्र नम्बर ८ का प्रदेश सांसद राजेश काजी श्रेष्ठलगायतको उपस्थिति रहेको ऊक्त कार्यत्रममा काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, श्री संकटा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष चक्रेश्वर मोतिकाजी बज्राचार्यलगायतले पनि सम्बोधन गरेका थिए ।

मन्दिर काठमाडौँ महानगरपालिकाको २२ लाख २४ हजार ९ सय ४६, सांसद विकास कोषको ८ लाख ११ हजार ९ सय ४० र उपभोक्ता समितिको ३६ लाख ६७ हजार ४ सय २ रुपैयाँ सहयोगमा निर्माण भएको हो । मन्दिरको डिजाइन काठमाडौँ महानगरपालिका सहरी योजना आयोगले तयार पारेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ५ : ५२ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको