अव्यवहारिक नीतिका कारण मुलुकको अर्थतन्त्र संकटग्रस्तः राप्रपा संयुक्त « Khabarhub

अव्यवहारिक नीतिका कारण मुलुकको अर्थतन्त्र संकटग्रस्तः राप्रपा संयुक्त


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा संयुक्तले सरकारको अव्यावहारिक नीतिका कारण मुलुकको अर्थतन्त्र संकटग्रस्त भएको आरोप लगाएको छ ।

संविधानमा समाजवाद उन्मुख लेखेर सरकारले सोही अनुसारको अव्यावहारिक नीति लागू गरेका कारण अर्थतन्त्र अधोगतिमा धकेलिएको आरोप लगाएको हो । उसले विकल्पको रुपमा कल्याणकारी उदारवादको नीति अवलम्बन गर्नुपर्ने प्रस्ताव राखेको छ ।

मंगलबार भएको अन्तर्क्रिया कार्यक्रममा राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर जबराले भने, ‘नेपालको वर्तमान आर्थिक परिवेश एकदमै प्रतिकूल बनेको छ, यसको मूल कारण संविधानको प्रस्तावनामा समाजवाद उन्मुख भन्ने वाक्य राख्नु हो । यसै कारण वैदेशिक लगानीमा कमी आएको हो ।’

उनले संविधानमा जबसम्म समाजवाद उन्मुख भन्ने शब्द राखिन्छ तबसम्म नेपालमा कुनै पनि हालतमा वैदेशिक लगानी नआउने दाबी गरे । संविधान संशोधन गरी समाजवाद उन्मुख भन्ने वाक्य हटाई कल्याणकारी उदारवाद राखिनुपर्ने उनको तर्क थियो ।

अन्तक्रियामा राप्रपा (संयुक्त)का अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले समाजवादको नाममा लुटतन्त्र मच्चाएर देश सिध्याउने प्रपंच जारी रहेको कारण संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको नारामा संघर्ष गर्नु बाहेको विकल्प नरहेको बताए । त्यस्तै, परराष्ट्र विज्ञ डा. निश्चलनाथ पाण्डेले सरकार व्यावहारिक व्यवस्थापनभन्दा प्रचारमा केन्द्रित रहेको आरोप लगाए ।

अन्तरक्रियामा अर्थशास्त्री सुबोध नारायण झाले मुलुकमा भत्ता खाने सरकार भए पनि जनताको सरकार नभएको जस्तै आभाष हुने गरेको तर्क गरे । त्यस्तै, व्यवस्थापन विज्ञ शिव अधिकारीले मुलुकको अर्थतन्त्र तथा व्यापार घाटा भयावह रहेको हुँदा यस विषयमा सरकार संवेनदशील हुनुपर्ने बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ६ : ०५ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक