अव्यवहारिक नीतिका कारण मुलुकको अर्थतन्त्र संकटग्रस्तः राप्रपा संयुक्त « Khabarhub

अव्यवहारिक नीतिका कारण मुलुकको अर्थतन्त्र संकटग्रस्तः राप्रपा संयुक्त


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा संयुक्तले सरकारको अव्यावहारिक नीतिका कारण मुलुकको अर्थतन्त्र संकटग्रस्त भएको आरोप लगाएको छ ।

संविधानमा समाजवाद उन्मुख लेखेर सरकारले सोही अनुसारको अव्यावहारिक नीति लागू गरेका कारण अर्थतन्त्र अधोगतिमा धकेलिएको आरोप लगाएको हो । उसले विकल्पको रुपमा कल्याणकारी उदारवादको नीति अवलम्बन गर्नुपर्ने प्रस्ताव राखेको छ ।

मंगलबार भएको अन्तर्क्रिया कार्यक्रममा राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर जबराले भने, ‘नेपालको वर्तमान आर्थिक परिवेश एकदमै प्रतिकूल बनेको छ, यसको मूल कारण संविधानको प्रस्तावनामा समाजवाद उन्मुख भन्ने वाक्य राख्नु हो । यसै कारण वैदेशिक लगानीमा कमी आएको हो ।’

उनले संविधानमा जबसम्म समाजवाद उन्मुख भन्ने शब्द राखिन्छ तबसम्म नेपालमा कुनै पनि हालतमा वैदेशिक लगानी नआउने दाबी गरे । संविधान संशोधन गरी समाजवाद उन्मुख भन्ने वाक्य हटाई कल्याणकारी उदारवाद राखिनुपर्ने उनको तर्क थियो ।

अन्तक्रियामा राप्रपा (संयुक्त)का अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले समाजवादको नाममा लुटतन्त्र मच्चाएर देश सिध्याउने प्रपंच जारी रहेको कारण संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको नारामा संघर्ष गर्नु बाहेको विकल्प नरहेको बताए । त्यस्तै, परराष्ट्र विज्ञ डा. निश्चलनाथ पाण्डेले सरकार व्यावहारिक व्यवस्थापनभन्दा प्रचारमा केन्द्रित रहेको आरोप लगाए ।

अन्तरक्रियामा अर्थशास्त्री सुबोध नारायण झाले मुलुकमा भत्ता खाने सरकार भए पनि जनताको सरकार नभएको जस्तै आभाष हुने गरेको तर्क गरे । त्यस्तै, व्यवस्थापन विज्ञ शिव अधिकारीले मुलुकको अर्थतन्त्र तथा व्यापार घाटा भयावह रहेको हुँदा यस विषयमा सरकार संवेनदशील हुनुपर्ने बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ६ : ०५ बजे

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र

विश्वकप ड्र : कुन देश कुन समूहमा परे ?

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक

एनपीएलमा आज दुई खेल : सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)