नगरपालिकाका निर्वाचित वडाध्यक्ष १ लाख ६० हजार घुससहित पक्राउ « Khabarhub

नगरपालिकाका निर्वाचित वडाध्यक्ष १ लाख ६० हजार घुससहित पक्राउ


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिबास– महोत्तरको भंगाहा नगरपालिकाको वडा नम्बर ८ का निर्वाचित वडाध्यक्षसहित ३ जना घुससहित पक्राउ परेका छन् ।

आफ्नो वडा क्षेत्रमा सञ्चालित परियोजना सम्पन्न भएको सिफारिस गरेको भन्दै सेवाग्राहीसँग लिएको १ लाख ६० हजार रुपैयाँ घुससहित वडाध्यक्ष मोहम्मद रफिक आलमसहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्ने अन्य २ जनामा सोही वडाका वडासदस्य कारी साह र वडासदस्यका छोरा मुकेश साह छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले तीनै जनालाई नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार वडाध्यक्ष आलमले घुस रकम बुझ्नका लागि वडासदस्य कासी साहका छोरा मुकेशलाई परिचालन गरेका थिए ।

मुकेशले जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा सेवाग्राहीबाट घुस रकम बुझेका थिए । अख्तियारको टोलीले मकुेशलाई घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेको थियो ।

उक्त घुस प्रकरणमा वडाध्यक्ष आलम र वडासदस्य साहको समेत संलग्नता रहेपछि अख्तियारको टोलीले उनीहरुलाई भंगाहा नगरपालिका–२ सितापुर चोकबाट नियन्त्रणमा लिएको हो ।

अहिले तीनैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ६ : ०३ बजे

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा