भक्तपुर मालपोत कार्यालयको काम ठप्प, पत्रकारमाथि दुर्व्यवहार « Khabarhub

भक्तपुर मालपोत कार्यालयको काम ठप्प, पत्रकारमाथि दुर्व्यवहार


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– जिल्ला मालपोत कार्यालय भक्तपुरको सर्भर डाउन हुँदा दुई दिनदेखि काम ठप्प भएको छ । मालपोतमा सर्भरबाहेक अन्य कर्मचारीसमेत नहुँदा सेवाग्राहीले निकै सास्ती खेप्नु परेको समाचार सङ्कलन गर्न गएका सञ्चारकर्मीसमेतलाई कर्मचारीले दुर्व्यवहार गरेका छन् ।

रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापासहित पत्रकारहरु रामगोपाल तमखु, सुन्दर शिल्पकार र मोहन बल्लमाथि दुर्व्यवहार गरिएको हो ।

कार्यालयका सूचना अधिकारी महेश अधिकारीसँग स्वीकृति लिएर कम्प्युटर फाँटमा दृश्य खिचिरहेको अवस्थामा मालपोतको कम्प्युटर अधिकृत शिवराज पोखरेलले दुर्व्यवहार गरेको पत्रकार तमखुले बताए ।

कम्प्युटर फाँटमा रहेका ६ कर्मचारीमध्ये दुई कर्मचारीको सरुवा भएको, एक कर्मचारीले राजीनामा दिएको र बाँकी तीन कर्मचारीले सोमबारदेखि नै सर्भर डाउन भएर काम गर्न नसक्दा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ८ : ५५ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान