समयमै काम नसक्ने ठेकेदारमाथि कारवाही, १ करोड २२ लाख जरिवाना असुली | Khabarhub Khabarhub

समयमै काम नसक्ने ठेकेदारमाथि कारवाही, १ करोड २२ लाख जरिवाना असुली


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम– तोकिएको समयमा काम सम्पन्न नगरेका मध्यपहाडी लोकमार्ग आयोजनाका ठेकेदारबाट एक करोड २२ लाख रुपैयाँ जरिवाना असुली गरिएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय फिदिमले निर्धारित समयमा काम सम्पन्न नगरेको भन्दै लोकमार्गको विभिन्न खण्डको ठेक्का लिएका पाँच निर्माण कम्पनीबाट उक्त रकम असुली गरेको हो ।

आयोजना प्रमुख अभिमनदास मुल्मीकाअनुसार सम्झौतामा तोकिएको समयमा सडक र पुल निर्माण सम्पन्न नगरेका निर्माण कम्पनी कारवाहीमा परेका हुन् ।

कारवाहीमा पर्नेमा तेह्रथुमको खोरुङ्गा खोलामा पुल निर्माणको जिम्मा लिएको कोशी एण्ड न्यौपाने कन्स्ट्रक्सन, इलाइट कन्स्ट्रक्सन, गौरा त्रिशूली जेभी कन्स्ट्रक्सन, हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सन र एरिमा कन्स्ट्रक्सन रहेका छन् ।

कोशी एण्ड न्यौपाने कन्स्ट्रक्सनबाट रु ५९ लाख ६९ हजार, हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सनबाट रु ५४ लाख ५३ हजार, इलाइट कन्स्ट्रक्सनबाट रु सात लाख ७३ हजार, गौरा त्रिशूली जेभी कन्स्ट्रक्सनबाट रु एक लाख ७५ हजार तथा एरिमा कन्स्ट्रक्सनबाट रु एक लाख १९ हजार असुली गरिएको मुल्मीले जानकारी दिए ।

पाँचथरको याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङबाट शुरु भई सुदूरपश्चिम प्रदेशको बैतडीस्थित झुलाघाट जोड्ने उक्त सडकको कूल लम्बाइ एक हजार ७७६ किलोमिटर रहेको आयोजनाले जनाएको छ ।

आयोजनाको पूर्वीखण्ड कार्यालयले पाँचथरदेखि भोजपुरसम्मको ३८६ किलोमिटर सडकको काम हेर्दैआएको छ । सो खण्डमा १८२ किलोमिटर सडक कालोपत्रे भइसकेको मुल्मीले जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ९ : ३५ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार