आज रातिदेखि भोलि बिहानसम्म आकाशमा भारी उल्का वर्षा देखिने « Khabarhub

आज रातिदेखि भोलि बिहानसम्म आकाशमा भारी उल्का वर्षा देखिने


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज रातिदेखि भोलि बिहानसम्म आकाशमा उल्कावृष्टि (उल्का वर्षा) देखिने छ । स्विफ्ट टटल नामक पुच्छ्रेताराका कारण हुने उल्कावृष्टि अत्याधिक मात्रामा भएको देखिने छ ।

ती उल्का वर्षाको स्रोत पर्सियस (ययाति) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई पर्सिड मिटियर सावर नाम दिइएको छ । उल्का वर्षाको समय शुक्लपक्ष भएकोले चन्द्रमाको प्रकाशले उल्का वर्षा हेर्न चाहनेहरुका लागि केहि व्यवधान हुनेछ।

हुन त स्विफ्ट टटल अहिले पृथ्वीको नजिक छैन । तर यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई हामी उल्का वर्षा भन्दछौं । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।

उल्का वर्षा स्थानीय समय अनुसार मंगलबार राति ९—१० बजे देखि नै शुरु भई बुधबार बिहान ५ बजे सम्म देख्न सकिने छ । तर अत्याधिक मात्रामा भने बुधबार बिहान २-३ बजे देख्न सकिने छ । ती उल्का वर्षाहरुको गति प्रति सेकेण्ड ६० किमिसम्म हुने भएकोले करिब ७० किमि माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिन्छ ।

त्यसो त स्विफ्ट टटलका कारण जुलाई २३ देखि नै उल्का वर्षा हुने सम्भावना रहन्छ र यो अगष्ट २० तारिख सम्म भई रहन सक्ने छ । अत्याधिक उल्का वर्षा हुने आज रातिदेखि भोलि बिहानी सम्मको समयमा नाङ्गो आँखाले नै उत्तरपूर्वी आकाशमा हेरेर अवलोकनकर्ताहरुले मनोरञ्जन लिन सक्नेछन् । तर आफू रहेको स्थानको आकाश खुल्ला र सफा रहे मात्र अवलोकन कार्य सम्भव हुनेछ ।


के हो त स्विफ्ट टटल ?

स्विफ्ट टटल १८६२ जुलाईमा अमेरिकन खगोलविद् द्वय लेक्स् स्विफ्ट (१८२०–१९१३) र होरस टटल (१८३८–१९३३) द्वारा पत्ता लगाइएको पुच्छ्रेतारा हो । यसको सूर्यलाई परिक्रमा गर्ने अवधि करिब १३३ वर्ष रहेको छ ।

हाल यो पुच्छ्रेतारा पृथ्वीको नजिक छैन तर यसले आफ्नो कक्षमा छोडेका चट्टान र धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भई जल्दछन् । यसलाई नै उल्कावर्षा भनिएको हो ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  १० : २० बजे

२९ देशहरूद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

साङ्घाई– विश्वका २९ वटा देशहरूले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब

ओलीको गुनासो : एमालेलाई अझै एक्ल्याउन खोजिँदैछ, सरकार गोयबल्स शैलीमा अघि बढ्यो

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान– सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई

ओलीको टिप्पणी : सरकार फासीवादको बाटोमा जाँदैछ, देश निसास्सिएर ऐठनको अवस्थामा छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार