क्यानको निर्वाचन रोक्न राखेपको निर्देशन, क्यानको भविष्य अन्योल | Khabarhub Khabarhub

क्यानको निर्वाचन रोक्न राखेपको निर्देशन, क्यानको भविष्य अन्योल


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय निर्वाचन रोक्न निर्देशन दिएको छ । असोज ३ र ४ गते काठमाडौंमा तय भएको निर्वाचन रोक्न राखेपले स्वतन्त्र कमिटीलाई निर्देशन दिएको हो ।

जिल्ला र प्रदेशको निर्वाचनसंगै स्वतन्त्र कमिटीले क्रिकेट संघको केन्द्रिय निर्वाचन असोज ३ र ४ गते काठमाडौंमा गर्ने गरी सूचना जारी गरेको थियो ।

तर राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले स्वतन्त्र कमिटीले जारी गरेको सूचना फिर्ता लिएर निर्वाचन गर्नका लागि परिषद्मा निवेदन दिन निर्देशन दिएका छन् ।

सदस्य सचिव सिलवालले स्वतन्त्र कमिटीले दिने निवेदनका आधारमा परिषद्ले दिएको मितिमा स्वतन्त्र कमिटीलाई निर्वाचन गर्न निर्देशन दिएका हुन् ।

सदस्य सचिव सिलवालले स्वतन्त्र कमिटीले कानुन मिच्न नपाउने भन्दै निर्वाचन गराउने अधिकार स्वतन्त्र कमिटीलाई नभएको समेत जिकिर गरेका छन् । सदस्य सचिवको पछिल्लो भनाईसंगै समाधान उन्मुख देखिएको क्रिकेट विवाद अन्यौलमा परेको छ ।

राखेपको पछिल्लो अडानले असोज ३ र ४ गतेका लागि तय क्यानको केन्द्रीय कार्यसमितिको चुनाव समेत प्रभावित हुने देखिएको छ ।

नेपाली क्रिकेटमा देखिएको विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सल्लाहकार समिति गठन गरेर क्रिकेट संघको नयाँ विधान बनाएको थियो । समितिको बनाएको विधानलाई राखेपले समेत हुबहु पारित गरेको थियो ।

विधान अनुसार क्यानको नयाँ नेतृत्व चयन गर्ने ‘म्यानडेट’ सहित आईसीसीले राखेप सहितको प्रतिनिधि राखेप स्वतन्त्र कमिटि गठन गरेको थियो ।

स्वतन्त्र कमिटिले विधान अनुसार जिल्ला निर्वाचन हुदै प्रदेश निर्वाचन सम्पन्न गरिसकेको छ । आईसीसीको सहमतीमा स्वतन्त्र कमिटिले असोज ३ र ४ गते केन्द्रिय निर्वाचनको मिति तोकेको छ ।

तर केन्द्रीय निर्वाचनको मिति तोक्न आफुसंग अनुमति लिनुपर्ने अडान राखेपले अघि सारेको छ । सदस्य सचिव सिलवालले साधारण सभाको मिति मात्र नभएर राखेपलेनै निर्वाचन मण्डल बनाउनुपर्ने बताएपछि क्रिकेट विवाद समाधानमा अर्को संकट देखा परेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को बोर्ड बैठक आगामी असोज २६ गते बस्दैछ । तर बैठकको एजेण्डा असोज १५ गतेनै तय हुनेछ ।

त्यसैले असोज १५ अघिनै क्यानको केन्द्रीय निर्वाचन सकेर प्रतिवेदन आईसीसीमा बुझाउनुपर्ने बाध्यता स्वतन्त्र कमिटीलाई छ । आईसीसीले समेत नेपाल क्रिकेट संघको नयाँ निर्वाचन सफलतापूर्वक सम्पन्न भएमा अक्टोबर १३ तारिकमा बस्ने बोर्ड बैठकमा क्यानको निलम्बन फुकुवा गर्ने तयारी गरेको छ ।

तर स्वतन्त्र कमिटीले तयार गरेको टाईमलाईन अनुसार निर्वाचन सम्पन्न नभएमा क्यानलाई अनिश्चितकालका लागि प्रतिबन्ध लाग्न सक्ने बताईएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ५ : ५१ बजे

निजामती विधेयकमा भएको छेडखानी छानबिन गर्न खतिवडाको माग

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले

नेप्सेमा फर्कियो रौनक, लगातार तेस्रो दिन २९ अंकले बढ्यो बजार 

काठमाडौं– शेयर बजारमा रौनक फर्किएको छ । लगातार तेस्रो दिन पनि

तीनै तहका सरकारको सामर्थ्य बढाउन शंकर पोखरेलका सात सुझाव

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रिय हुनकै लागि राज्यले

विधेयकमा भएको छेडखानीबारे खतिवडाले गराए पार्टीलाई जानकारी

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले

प्यालेस्टाइनमा इजरायली आक्रमणविरुद्ध नेपालमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी र साम्राज्यवाद विरोधी शक्तिहरूले काठमांडौको