१३ तस्वीरमा हेर्नुहोस् नेपाल आएकी सनी लियोनीको मन्द मुस्कान (फोटो फिचर) « Khabarhub

१३ तस्वीरमा हेर्नुहोस् नेपाल आएकी सनी लियोनीको मन्द मुस्कान (फोटो फिचर)


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वपोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोनी यतिबेला नेपालमा छिन् । बिहीबार राजधानीमा आयोजना गरिएको चलचित्र ‘पासवर्ड’ को प्रिमियर शो मा सहभागी जनाउन उनी नेपाल आएकी हुन् ।

दिउँसो ४ बजेतिर नेपाल उत्रेकी सनी होटल ह्यातमा बसेकी थिइन् । राजधानीको कमलपोखरीस्थित कुमारी हलमा गरिएको प्रिमियरमा भने सनी ढिलो गरी आइपुगेकी थिइन् । यस्तै प्रिमियरमा नेपाली कलाकार भुवन केसी, दीपाश्री निरौला, प्रमोद अग्रहरि लगायतको पनि उपस्थिति थियो ।

प्रिमियर कार्यक्रममा चलचित्र ‘पासवर्ड’ का शीर्ष कलाकार अनुपविक्रम शाही, विक्रम जोशी, परी राना लगायत पनि उपस्थित थिए ।

निर्धारित समयभन्दा निकै ढिलो प्रिमियर शोमा आएकी सनी लियोनीलाई पञ्चकन्याले बाजागाजासहित स्वागत गरेका थिए । यस्तै उनको स्वागतमा लाखे नृत्य पनि प्रस्तुत गरिएको थियो । प्रिमियर शुरु हुनुपूर्व सनी पत्रकारमाझ केही समय बोलेकी थिइन् । उनले आफूले नेपाली चलचित्रमा काम गर्न पाउँदा खुशी लागेको पनि बताइन् ।

साथै उनले विश्वको सबैभन्दा मन पर्ने ठाउँ नेपाल भएको पनि धारणा राखिन् । सनीका फ्यानले सनी आउँदा हूटिङ गरेर उनको स्वागत गरेका थिए । सनी रेड कार्पेटमा हिँड्ने क्रममा केही फोटोपत्रकारले भीड बनाउँदा प्रहरीलाई पनि भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।

तस्वीरहरू: अदिप श्रेष्ठ

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ७ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै