काठमाडौंको हावा सफा र स्वच्छ बनाउन वन मन्त्रालयले ल्यायो योजना | Khabarhub Khabarhub

काठमाडौंको हावा सफा र स्वच्छ बनाउन वन मन्त्रालयले ल्यायो योजना


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वन तथा वातावरण मन्त्रालयले सफा र स्वच्छ वायु भएको काठमाडौं उपत्यका बनाउने दीर्घकालीन सोचका साथ ‘काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना’ अघि बढाएको छ ।

मन्त्रालयअन्तर्गतको वातावरण विभागले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको रोकथाम र नियन्त्रण गरी नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्ने लक्ष्यका साथ सो कार्ययोजना अघि बढाएको हो ।

विभागले सरोकारवाला निकाय र वातावरण विषयका जानकारहरुसँग काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनासम्बन्धी छलफल र अन्तरक्रिया गरी सुझाव सङ्कलन गरेको छ ।

अन्तरक्रिया उद्घाटन कार्यक्रममा वनमन्त्री शक्तिबहादुर बस्नेतले कार्ययोजनाले वायु प्रदूषणका समस्याको पहिचानका साथै समाधानका लागि सरोकारवाला निकायको समन्वयमा प्रभावकारी पहल गर्न सहज हुने बताए।

प्रदूषण नियन्त्रणका लागि नीति र कानूनको व्यवस्था भइसकेको र संरचनागत व्यवस्थाका बारेमा छलफल अघि बढेको बताउँदै मन्त्री बस्नेतले कार्ययोजनाअनुसार मुलुकका ठूला शहरको प्रदूषण नियन्त्रण गर्ने लक्ष्य निर्धारण अघि बढ्नुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्णप्रसाद ओलीले काठमाडौँ उपत्यकामा प्रदूषणले सीमा नाघ्न लागेको भन्दै वर्तमानका आवश्यकता पूरा गर्ने र भावी सन्ततिलाई पर्यावरणीय सुरक्षा हुने गरी मानवीय क्रियाकलाप गर्नुपर्ने आजको आवश्यकता रहेको बताए । साथै उनले अनुसन्धानबाट प्राप्त सुझाव लागू गर्नुपर्ने र प्रदूषण नियन्त्रणका लागि शैक्षिक एवं औद्योगिक समुदायमा पुगेर जनचेतनाका कार्यक्रम अघि बढाउनुपर्ने सुझाव दिए ।

वनसचिव डा.विश्वनाथ ओलीले मुलुकको बदलिँदो परिस्थितिमा यसअघि नै तयार भएको सोसम्बन्धी कार्ययोजनालाई परिमार्जनका लागि छलफल गर्न लागिएको बताउँदै विज्ञहरुबाट प्राप्त हुने सुझावले सरकारलाई निर्णय लिन सहज हुने बताए । विभागले सन् २०१७ मा सोसम्बन्धी कार्ययोजना बनाई तयार गरे पनि लागू हुनसकेको थिएन । सोही कार्ययोजनालाई मुख्य आधार बनाई परिमाजर्नसहित छलफल आयोजना गरिएको हो ।

यातायातका क्षेत्र तथा निर्माण गतिविधिबाट हुने र उद्योग प्रतिष्ठानबाट हुने प्रदूषण न्यूनीकरण गर्नु, वातावरणमैत्री तवरबाट फोहरमैलाको व्यवस्थापन गरी वायु प्रदूषण न्यूनीकरण गर्नु र घरभित्रको वायु प्रदूषण न्यूनीकरण गर्नु कार्ययोजनाको उद्देश्य छ ।

यसैगरी वायु प्रदूषणको अवस्था, कारण र असर एवं न्यूनीकरण एवं रोकथामका सम्बन्धमा जनचेतना जगाउनु, वायु गुणस्तर व्यवस्थापन निर्णय सहयोग प्रणालीको विकास गर्नु, आपत्कालीन अवस्थामा वायु प्रदूषणका व्यवस्थापन गर्नु र वायु प्रदूषण न्यूनीकरणका लागि नीतिगत, कानूनी तथा संरचनाका सुदृढीकरण गर्दै आर्थिक स्रोतको सुनिश्चितता गर्नु कार्ययोजनाको उद्देश्य छ ।

विभागको तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकाको वायुको गुणस्तर सरकारको वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्डविपरीत रहेको पाइएको छ । उपत्यकामा वायु प्रदूषणजन्य रोगहरुको जोखिम बढ्दै गएको विभिन्न अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण ३७ हजार मानिसको मृत्यु भएको थियो ।

विभागबाट सन् २०१७ मा गरिएको अध्ययनमा वायु प्रदूषणका मुख्य स्रोतहरुमा यातायातका साधन, सडकमा जम्मा भएको धुलो, उद्योग, इँटाभट्टा, निर्माणजन्य गतिविधि, खुलारुपमा जलाउने कृषिजन्य एवं अन्य फोहर आदि छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ८ : ०२ बजे

पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’

चितवन– चितवन भन्ने बित्तिकै धेरैको मनमा गर्मी ठाउँ भन्ने आउँछ

स्वीकृत भएन बेलायत बसेकी प्रदेश सांसद गुरूङको राजीनामा

काठमाडौं- जनमत पार्टीबाट लुम्बिनी प्रदेशसभाकी समानुपातिक सांसद गीता गुरुङको राजीनामा

जनकपुर-अयोध्या जोड्न सके लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिन्छ : एनपी साउद  

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले जनकपुर र अयोध्यालाई सांस्कृतिक

सलमान रुस्दीमाथि आक्रमण गरेका माटारलाई २५ वर्षको जेल सजाय 

न्यूयोर्क– न्युयोर्कको एक सांस्कृतिक केन्द्रमा सन् २०२२ मा भएको चक्कु

मिथिला नगरपालिकाका ६४ परिवारलाई लालपुर्जा वितरण

जनकपुरधाम– धनुषाको मिथिला नगरपालिकामा लामो समयदेखि सुकुम्वासी (भूमिहीन) का रुपमा