सन्दीपले मेल्वर्न स्टार्सबाट पुनः ‘बीग बास लिग’ खेल्ने « Khabarhub

सन्दीपले मेल्वर्न स्टार्सबाट पुनः ‘बीग बास लिग’ खेल्ने


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले पुनः मेलवर्न स्टार्सबाट अष्ट्रेलियाको चर्चित फ्रेन्चाइज बिग बास लिग (बीबीएल) क्रिकेट खेल्ने भएका छन् ।

गत सिजन उत्कृष्ट प्रदर्शन गरेपछि मेलवर्नले सन्दीपलाई आगामी सिजनको लागि पुनः अनुबन्ध गर्ने भएको हो । यद्यपि सन्दीप र मेलवर्नबीच औपचारिक सम्झौता हुन भने बाँकी रहेको छ । तर, नयाँ सम्झौताको प्रारम्भिक प्रकिया भने अघि बढाइएको छ ।

मेलवर्नका प्रशिक्षक डेभिड हस्सीले सन्दीप यस सिजन क्लबमै रहने बताए । सन्दीपले बंगलादेश प्रिमियर लिगसँगको समय मिलाएर मात्र मेलवर्नसँग सम्झौता गर्ने बताइएको छ ।

गत सिजन बीबीएलमा मेलवर्नबाट डेब्यु गरेका सन्दीपले डेब्यु सिजन ८ खेलमा ११ विकेट हात पारेका थिए । गत सिजन मेलवर्न फाइनलमा मेलवर्न रेनेगेड्ससँग पराजित भएको थियो ।

अघिल्लो सिजन सन्दीपको प्रदर्शन

पहिलो खेल – ४ ओभर : (३४/२), दोश्रो खेल – ४ ओभर : (२४/३), तेश्रो खेल – ४ ओभर : (१८/२), चौथो खेल – ४ ओभर : (३१/१),  तेह्रौ खेल – २ ओभर : (२८/०), चौधौ खेल – ३.४ ओभर : (११/३), सेमिफाइनल – ४ ओभर : (३१/०)

 

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ८ : ०२ बजे

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड

अमेरिकाविरुद्ध लड्न रुसले इरानलाई ड्रोन दिएको दाबी

मस्को- युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकाविरुद्ध लड्न रूसले इरानलाई ड्रोन

रास्वपाले आयोगमा ४८ महिला र ९ पुरुषको नाम पठाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीमा परेका ५७ जनाको नाम

पाल्पामा सवारी दुर्घटना, एक जनाको मृत्यु

पाल्पा– बगनासकाली गाउँपालिका –२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा

इरानसँगको युद्धमा मर्ने अमेरिकी सैनिकको संख्या १३ पुग्यो

वासिङ्टन– इरानसँग जारी युद्धका क्रममा हालसम्म १३ अमेरिकी सैनिकको मृत्यु