सन्दीपले मेल्वर्न स्टार्सबाट पुनः ‘बीग बास लिग’ खेल्ने « Khabarhub

सन्दीपले मेल्वर्न स्टार्सबाट पुनः ‘बीग बास लिग’ खेल्ने


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले पुनः मेलवर्न स्टार्सबाट अष्ट्रेलियाको चर्चित फ्रेन्चाइज बिग बास लिग (बीबीएल) क्रिकेट खेल्ने भएका छन् ।

गत सिजन उत्कृष्ट प्रदर्शन गरेपछि मेलवर्नले सन्दीपलाई आगामी सिजनको लागि पुनः अनुबन्ध गर्ने भएको हो । यद्यपि सन्दीप र मेलवर्नबीच औपचारिक सम्झौता हुन भने बाँकी रहेको छ । तर, नयाँ सम्झौताको प्रारम्भिक प्रकिया भने अघि बढाइएको छ ।

मेलवर्नका प्रशिक्षक डेभिड हस्सीले सन्दीप यस सिजन क्लबमै रहने बताए । सन्दीपले बंगलादेश प्रिमियर लिगसँगको समय मिलाएर मात्र मेलवर्नसँग सम्झौता गर्ने बताइएको छ ।

गत सिजन बीबीएलमा मेलवर्नबाट डेब्यु गरेका सन्दीपले डेब्यु सिजन ८ खेलमा ११ विकेट हात पारेका थिए । गत सिजन मेलवर्न फाइनलमा मेलवर्न रेनेगेड्ससँग पराजित भएको थियो ।

अघिल्लो सिजन सन्दीपको प्रदर्शन

पहिलो खेल – ४ ओभर : (३४/२), दोश्रो खेल – ४ ओभर : (२४/३), तेश्रो खेल – ४ ओभर : (१८/२), चौथो खेल – ४ ओभर : (३१/१),  तेह्रौ खेल – २ ओभर : (२८/०), चौधौ खेल – ३.४ ओभर : (११/३), सेमिफाइनल – ४ ओभर : (३१/०)

 

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ८ : ०२ बजे

तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य छैन : वर्षमान

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ गते

चीनले नेपाली विद्यार्थीका लागि ४ एमबीबीएससहित ३३ छात्रवृत्ति उपलब्ध गराउने

काठमाडौं– चीन सरकारले नेपाली विद्यार्थीहरूका लागि एमबिबिएस सहित विभिन्न विषयमा

पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्ष ०८२-८३ को पहिलो पाँच महिनामा नेपालले

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू